दैनिक समाचारदाता
राजबिराज, १४ पुस ।
इन्डो–नेपाल यु १९ क्रिकेट प्रतियोगिता यहाँ सोमबार देखि शुरु भएको छ । स्थानिय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सप्तरीले पाहुना टोली भारत उत्तर प्रदेशको पिके एकेडमी वागपत क्रिकेट टिमलाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा संचालित ईन्डो नेपाल क्रिकेट पँस््रतियोगिताको उदघाटन खेलमो पिके एकेडमीले टस जितेर निर्धारित ३५ ओभरको खेलमा २६ ओभरमै सबै बिकेट गुमाई १ सय ४ रनको योगफल खडा गरेको थियो । जसमा ध्रुव ठाकुरले सर्वाधिक ३५ र हमजा क्वारिस २३ रनको योगदान दिएका थिए ।
बलिंग तर्फ सप्तरीका बिजय यादब, आयुष मण्डल, भिम यादब २÷२ बिकेट तथा सुशान्त देव, अभिमन्यु सरदार, अजय १÷१ बिकेट लिएका थिए ।
१ सय ५ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको सप्तरी यु १९ क्रिकेट टिमले ११ दश्मलव १ बलमै ५ बिकेट गुमाएर बिजयी लक्ष्य प्राप्त गरेका थिए ।
ब्याटिङ्गतर्फ अमन यादबले उत्कृष्ट ब्याटिंग गर्दै सर्वाधिक ४० रन बनाएका थिए भने रितिक थापा १४, शिव अधिकारी १२ र भिम यादब १० रनको योगदान दिए ।
बलिङ्गतर्फ पिके एकेडमीका सगन ३ तथा आयुष र अक्षयले १÷१ बिकेट लिएका थिए । उक्त खेलको प्लेयर अफ दि म्याच सप्तरीका अमन यादब घोषित भए । प्रतियोगिता अन्तर्गत दुईटै टोलीबीच तीनवटा म्याच हुने आयोजक समितिले जनाएको छ ।
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
सारांश
- सप्तरी क्रिकेट संघको आयोजनामा संचालित ईन्डो नेपाल क्रिकेट पँस््रतियोगिताको उदघाटन खेलमो पिके एकेडमीले टस जितेर निर्धारित ३५ ओभरको खेलमा २६ ओभरमै सबै बिकेट गुमाई १ सय ४ रनको योगफल खडा गरेको थियो ।
- जसमा ध्रुव ठाकुरले सर्वाधिक ३५ र हमजा क्वारिस २३ रनको योगदान दिएका थिए ।
- बलिंग तर्फ सप्तरीका बिजय यादब, आयुष मण्डल, भिम यादब २÷२ बिकेट तथा सुशान्त देव, अभिमन्यु सरदार, अजय १÷१ बिकेट लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया