दैनिक समाचारदाता
राजविराज, ४ असार ।
केही दिनअघि मात्र लोसपा परित्याग गरेका सो पार्टीका केन्द्रिय सहसचिव गजेन्द्र मण्डलले राजेन्द्र महतोको राष्ट्रिय मुक्ति अभियानमा जुडेका छन् ।
मंगलबार सामाजिक संजालमार्फत एक तस्बिर पोष्ट गरेर उनले लेखेका छन्, “आजदेखि विधिवत रुपमा यहिंबाट जनताको सेवा गर्ने निर्णय गरेको छु । सबैको माया, ममता र आशिर्वाद पाउनेमा विश्वस्त छु ।” उनले आफ्नो राजनीतिक यात्राबारे लेख्दै भनेका छन्, “रामसपादेखि राजपाहुदै जसपा र जसपाबाट लोसपाको यात्रामा साथ र सहयोग गर्नु हुने सबै राजनीतिक मित्रहरूलाई धन्यवाद । परिवर्तनको आशा बोकी केहि समय सशस्त्र आन्दोलनमा पनि होमिए तर, त्यहि क्रममा विश्वको सशस्त्र आन्दोलनहरुको इतिहास पढ्दा यसले खासै गति लिने अवस्था नदेखेपछि मुलधारको शान्तिपूर्ण आन्दोलनमा पुनः संलग्न भए त्यस यता विगत १२ वर्षको राजनीतिक यात्रामा जुन खालको राजनीति देखियो त्यसले समाजमा खासै जनताले अनुभुत गर्ने खालको परिवर्तन सम्भव देखिएन ।”
उनी अगाडी लेख्छन्, “अधिकार र पहिचानको निम्ति धेरै संघर्ष र आन्दोलन गरियो तर त्यसले जनताको आशा जगाउने भन्दा बढी निराशा बढायो । जसले गर्दा मधेशी र उत्पीडित जाति र समुदाय मात्रै होइन सारा नेपाली जनता नै निराश छन । त्यसकारण सबै नेपाली जनता र खासगरी मधेशी जनताको ओठमा खुशी देख्न र सबै उत्पीडित समुदायको हक, अधिकार र पहिचान स्थापित गर्ने उदेश्यले मधेशवादका प्रणेता राजेन्द्र महतोले जुन अहिले विकल्प सहितको बिद्रोह भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियान अगाडि बढाउनु भएको छ ।”
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
सारांश
- मंगलबार सामाजिक संजालमार्फत एक तस्बिर पोष्ट गरेर उनले लेखेका छन्, “आजदेखि विधिवत रुपमा यहिंबाट जनताको सेवा गर्ने निर्णय गरेको छु ।
- सबैको माया, ममता र आशिर्वाद पाउनेमा विश्वस्त छु ।
- ” उनले आफ्नो राजनीतिक यात्राबारे लेख्दै भनेका छन्, “रामसपादेखि राजपाहुदै जसपा र जसपाबाट लोसपाको यात्रामा साथ र सहयोग गर्नु हुने सबै राजनीतिक मित्रहरूलाई धन्यवाद ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया