दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय राजविराजमा खुल्ने भएको छ ।
पूर्वाधार तयारी विकास समितिका सदस्य सचिव तथा कार्यकारी निर्देशक सञ्जय ठाकुरले दुई तीन दिन भित्रै राजविराजमा कार्यालय खुल्ने तयारी भइरहेको जानकारी दिएका छन् । निर्देशक ठाकुरको नेतृत्वको टोली आइतबार कार्यालय सञ्चालन तथा आवश्यक तयारीका लागि राजविराज आइपुगेको छ ।
निर्देशक ठाकुरले मन्त्रिपरिषद् बैठकबाट ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पूर्वाधार तयारी विकास समिति गठन आदेश पारित गरिसकेको जानकारी दिँदै नौं सदस्यीय समितिमा पदेन सदस्यको टुङ्गो लागिसकेको र सरकारले नियुक्त गर्ने पदाधिकारी र सदस्यको टुङ्गो लागेपछि समितिले पूर्णता पाउने बताए ।
हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारी रणनीति अनुसार प्रदेश २ को राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न लागिएको हो ।
२०७५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० मा ६२ विगहा जग्गा समेत उपलब्ध गराएको छ ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय राजविराजमा खुल्दै
सारांश
- पूर्वाधार तयारी विकास समितिका सदस्य सचिव तथा कार्यकारी निर्देशक सञ्जय ठाकुरले दुई तीन दिन भित्रै राजविराजमा कार्यालय खुल्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
- निर्देशक ठाकुरको नेतृत्वको टोली आइतबार कार्यालय सञ्चालन तथा आवश्यक तयारीका लागि राजविराज आइपुगेको छ ।
- निर्देशक ठाकुरले मन्त्रिपरिषद् बैठकबाट ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पूर्वाधार तयारी विकास समिति गठन आदेश पारित गरिसकेको जानकारी दिँदै नौं सदस्यीय समितिमा पदेन सदस्यको टुङ्गो लागिसकेको र सरकारले नियुक्त गर्ने पदाधिकारी र सदस्यको टुङ्गो लागेपछि समितिले पूर्णता पाउने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया