किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २५, २०७८
|
|
६५ पटक हेरिएको
Shares
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह

सारांश

  •     राजबिराज वडा ९ स्थित जनज्योती कृषि सहकारी संस्थाद्वारा आयोजित कृषि उपज भण्डारण गृहको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।
  •     उक्त गृहको उद्घाटन गर्दै उनले बिचौलियाका कारण किसानले उत्पादन अनुसार धानको मूल्य पाउन नसकेकोले प्रदेश सरकारले किसानको मनोवल उच्च बनाउने उद्देश्यले मूल्य तोक्ने उल्लेख गरे ।
  •       मन्त्री साहले यस बर्ष किसानलाई मलखादको विगतको जस्तो समस्या नभएको बताउदै किसानलाई कृषितर्फ आत्मनिर्भर बनाउन कृषि सडक बनाउने कार्यलाई अगाडी बढाएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २५ असार । 
    प्रदेश २ का भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सरकारले चाडै धानको मूल्य तोक्ने बताएका छन् । 
    राजबिराज वडा ९ स्थित जनज्योती कृषि सहकारी संस्थाद्वारा आयोजित कृषि उपज भण्डारण गृहको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।
    उक्त गृहको उद्घाटन गर्दै उनले बिचौलियाका कारण किसानले उत्पादन अनुसार धानको मूल्य पाउन नसकेकोले प्रदेश सरकारले किसानको मनोवल उच्च बनाउने उद्देश्यले मूल्य तोक्ने उल्लेख गरे । 
    मन्त्री साहले यस बर्ष किसानलाई मलखादको विगतको जस्तो समस्या नभएको बताउदै किसानलाई कृषितर्फ आत्मनिर्भर बनाउन कृषि सडक बनाउने कार्यलाई अगाडी बढाएको बताए । 
    किसानलाई समयमा उन्नत बीउ, बिजन र मलखाद उपलब्ध गराउन सरकारको ठोस योजना रहेकोले संघिय सरकार र स्थानिय सरकारको कृषि क्षेत्रलाई सुधार गर्ने तर्फ सोच नभएका कारण कृषिमा अपेक्षित उत्पादन हुन नसकेको प्रति चिन्ता ब्यक्त गरे ।
    प्रदेश २ सरकारको साझेदारीमा कृषि उपज भण्डारण गृहको निर्माणले सप्तरीका किसानहरुले उत्पादन गरेर भण्डारण गर्न नसक्ने अवस्थामा यस भण्डारण गृहमा आफ्नो अन्न बाली राख्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
    सो अवसरमा युवा नेता युसुफ अलीले सप्तरीमा ६३ प्रतिशत खेती योग्य जमिन रहेकोले सिचाई अभावका कारण भएका सिचाई संरचनामा पानी नआउदाँ खेती हुन नसकेको बताए । मुलुकमा ४० प्रतिशत मात्र कृषि उत्पादन हुने गरेको र ६० प्रतिशत बाहिरवाट आपुर्ति हुने गरेको उनले जानकारी दिए ।
    प्रदेश २ सरकार कृषि बिकास निर्देशनालय नक्टाझिझ धनुषा र जनज्योती कृषि सहकारी संस्था मलेठको साझेदारीमा कुल ४८ लाख ६४ हजार १ सय ५८ रूपैया ६८ पैसाको लागतमा कृषि उपज भण्डारण गृहको निर्माण गरिएको संस्थाका अध्यक्ष बिश्वनाथ मण्डलले जानकारी दिए ।
    अध्यक्ष मण्डलले प्रदेश सरकार र संस्थाको बराबरीको लागतमा निर्माण भएको भण्डारण गृहमा घरमा भण्डारणको अभाव रहेका किसानहरुले अब उपरान्त अन्नबाली यसै गृहमा राखेर संस्थाले बिसानहरुलाई चाहेको समयमा बजार मुल्य अनुसार रकम वा अन्नबाली दिने जानकारी दिए । 
    उक्त कार्यक्रममा राजबिराज वडा ९ का वडा अध्यक्ष शम्भु प्रसाद यादब, संस्थाका बयोबृद्ध सदस्य एवं समाजसेवी हरेकृष्ण सिँह, पत्रकार चन्दनकुमार यादबलगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
निर्वाचनको सम्पूर्ण तयारी पूरा ः निर्वाचन आयोग
निर्वाचनको सम्पूर्ण तयारी पूरा ः निर्वाचन आयोग
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन
अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन
कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी