दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा बजाज खडक वारियर्स र तिलाठी कोईलाडी जायन्टस बिजयी भएका छन् ।
बुधबारको पहिलो खेलमा बजाज खडक वारियर्सले रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ ।
स्थानिय राजरंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १ सय ९५ रनको लक्ष्य रुपनीले पन्छाउन सकेन् । सो लक्ष्य पन्छाउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५ रनम सीमित भएको थियो ।
रुपनीका लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ र सुनिल धमलाले १६ रन बनाउन सकेका थिए । बलिङतर्फ बजाज खडक वारियर्सका गोमानन्द अमात्यले सर्वाधिक ३ विकेट लिए । त्यस्तै अनिल खरेल र विवेक यादवले २/२ विकेट तथा भुलावन सहानी र पवन सर्राफले १/१ विकेट लिन सफल भए ।
टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । वारियर्सको लागि राष्ट्रिय क्रिकेटर अनिल शाहले लगातार दोश्रो शतक प्रहार गर्दै १ सय १३ रन बनाए ।
यता बलिङमा रुपनी राईडर्सका अनिल यादवले २ विकेट लिए भने फिर्दोश अन्सारी र कुशल भुर्तेलले १/१ विकेट लिन सफल भए । खेलको प्लेयर अफ द म्याच अनिल शाह घोषित भए ।
यस्तै दोश्रो खेलमा तिलाठी कोईलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित गरेको छ । टिभीएस किंग्स राजविराजले दिएको १ सय ४५ रनको लक्ष्य तिलाठी कोईलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गर्यो ।
तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित ६५ रन तथा दिपेश कंडेलले अविजित ३० रन बनाए । बलिङतर्फ टिभीएस किंग्सका दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले १/१ विकेट लिएका थिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन, सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए ।
तिलाठी कोईलाडीको बलिंगमा राशिद खान र दिपेश कंडेलले ३/३ विकेट तथा कप्तान दिपेन्द्र ऐरीले २ विकेट र मनिष मण्डलले १ विकेट लिन सफल भए । खेलको प्लेयर अफ द म्याच राशिद खान घोािष्त भए ।
प्रतियोगिताको अंक तालिकामा तीन खेलमा बजाज खडक वारियर्स दुई जित र एक हार, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमश: पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहिन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा रहेको छ ।
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
सारांश
- बुधबारको पहिलो खेलमा बजाज खडक वारियर्सले रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ ।
- स्थानिय राजरंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १ सय ९५ रनको लक्ष्य रुपनीले पन्छाउन सकेन् ।
- सो लक्ष्य पन्छाउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५ रनम सीमित भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया