मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी

राजविराज राजविराज
|
बुधबार, चैत्र ११, २०७७
|
|
६५ पटक हेरिएको
Shares
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी

सारांश

  •     बुधबारको पहिलो खेलमा बजाज खडक वारियर्सले रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ ।
  •       स्थानिय राजरंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १ सय ९५ रनको लक्ष्य रुपनीले पन्छाउन सकेन् ।
  • सो लक्ष्य पन्छाउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५ रनम सीमित भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
    राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा बजाज खडक वारियर्स र तिलाठी कोईलाडी जायन्टस बिजयी भएका छन् । 
    बुधबारको पहिलो खेलमा बजाज खडक वारियर्सले रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ । 
    स्थानिय राजरंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १ सय ९५ रनको लक्ष्य रुपनीले पन्छाउन सकेन् । सो लक्ष्य पन्छाउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५ रनम सीमित भएको थियो । 
    रुपनीका लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ र सुनिल धमलाले १६ रन बनाउन सकेका थिए । बलिङतर्फ बजाज खडक वारियर्सका गोमानन्द अमात्यले सर्वाधिक ३ विकेट लिए । त्यस्तै अनिल खरेल र विवेक यादवले २/२ विकेट तथा भुलावन सहानी र पवन सर्राफले १/१ विकेट लिन सफल भए ।
    टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । वारियर्सको लागि राष्ट्रिय क्रिकेटर अनिल शाहले लगातार दोश्रो शतक प्रहार गर्दै १ सय १३ रन बनाए । 
    यता बलिङमा रुपनी राईडर्सका अनिल यादवले २ विकेट लिए भने फिर्दोश अन्सारी र कुशल भुर्तेलले १/१ विकेट लिन सफल भए ।  खेलको प्लेयर अफ द म्याच अनिल शाह घोषित भए । 
    यस्तै दोश्रो खेलमा तिलाठी कोईलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित गरेको छ । टिभीएस किंग्स राजविराजले दिएको १ सय ४५ रनको लक्ष्य तिलाठी कोईलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गर्‍यो । 
    तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित ६५ रन तथा दिपेश कंडेलले अविजित ३० रन बनाए । बलिङतर्फ टिभीएस किंग्सका दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले १/१ विकेट लिएका थिए । 
    यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन, सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए । 
    तिलाठी कोईलाडीको बलिंगमा राशिद खान र दिपेश कंडेलले ३/३ विकेट तथा कप्तान दिपेन्द्र ऐरीले २ विकेट र मनिष मण्डलले १ विकेट लिन सफल भए । खेलको प्लेयर अफ द म्याच राशिद खान घोािष्त भए । 
    प्रतियोगिताको अंक तालिकामा तीन खेलमा बजाज खडक वारियर्स दुई जित र एक हार, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमश: पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहिन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
गुडिरहेको ट्रकमा आगलागी 
गुडिरहेको ट्रकमा आगलागी 
एक महिलासहित ६ कैदीलाई माफी 
एक महिलासहित ६ कैदीलाई माफी 
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी