राजविराज÷नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना” ले संविधानमा महिलालाई धेरै हकअधिकार दिएपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिलाहरु अझै उपेक्षित नै रहेको बताएकी छिन् ।
नेपाल प्रेस युनियन सप्तरी शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको संविधानले महिलालाई धेरै हकअधिकार दिएको तर, कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षाकृत अधिकार महिलाले अझै पाउन नसकेको गुनासो पोखिन ।
उनले संविधानमा भएको व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन नेपाली काँग्रेसले पनि आफ्नो विधान संशोधन गरि महिला सहभागिता बढाउन आवश्यक पहल थालेको जानकारी दिँदै उक्त पहलले सार्थकर्ता पाउने विश्वास समेत व्यक्त गरिन् । उनले संविधानमा भएको महिला मैत्री व्यवस्थाहरुलाई कानुनको रुप दिन छिट्टै सदनमा प्रस्ताव लैजाने तयारी गरिएको जानकारी पनि दिइन् ।
गठबन्धनको राजनीतिका कारण पनि निर्वाचनमा चाहे अनुसारको महिला उम्मेदवारी पर्न नसकि अवसरबाट बञ्चित हुने गरेको जिकिर गर्दै उनले आ–आफ्नो हैसियत अनुसार दलहरुले पनि उम्मेदवारी दिन सके महिलाप्रति न्याय हुने र महिला प्रतिनिधिको पनि उपस्थिति बढ्ने बताइन् ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री बिन्दु यादव, निवर्तमान प्रदेश सभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य मिथिलेश यादव लगायतकाको पनि उपस्थिति रहेको थियो ।
महिलाहरु अझै उपेक्षित ः सहमहामन्त्री डिना
सारांश
- गठबन्धनको राजनीतिका कारण पनि निर्वाचनमा चाहे अनुसारको महिला उम्मेदवारी पर्न नसकि अवसरबाट बञ्चित हुने गरेको जिकिर गर्दै उनले आ–आफ्नो हैसियत अनुसार दलहरुले पनि उम्मेदवारी दिन सके महिलाप्रति न्याय हुने र महिला प्रतिनिधिको पनि उपस्थिति बढ्ने बताइन् ।
- पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री बिन्दु यादव, निवर्तमान प्रदेश सभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य मिथिलेश यादव लगायतकाको पनि उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया