झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि

राजविराज राजविराज
|
बिहिबार, जेठ ४, २०८०
|
|
४९ पटक हेरिएको
Shares
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि

सारांश

  •     सप्तरी जिल्ला अदालतले बुधवार राजविराज नगरपालिका वडा नं.
  • ११ का वडाध्यक्ष उदीत नारायण यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत किशोरकुमार रामसहित २६ जनामाथि पक्राउ पुर्जी जारी गरेको हो ।
  •       राजविराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।    

    झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा सिफारिस गर्ने जनप्रतिनिधिदेखि नागरिकता जारी गर्ने कर्मचारीसहित २६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
    सप्तरी जिल्ला अदालतले बुधवार राजविराज नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उदीत नारायण यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत किशोरकुमार रामसहित २६ जनामाथि पक्राउ पुर्जी जारी गरेको हो । 
    राजविराज वडा नं. ११ फर्सेठका सूर्यनारायण यादवले झुटो विवरण पेस गरी नातामा नाति पर्ने सतिश यादवलाई छोरा बनाई नेपाली नागरिकता बनाइ दिएको प्रकरणमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । 
    जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले गत वैशाख ३१ गते दर्ता गरेको नागरिकता सम्बन्धी मुद्दामा सूर्यनारायण र सतिश पक्राउ परि जनही एक÷एक लाख रुपैयाँ धरौटी बुझाएर गत जेठ १ गते नै तारेखमा छुटेका थिए । 
    यस्तै सिफारिस गर्ने वडाध्यक्ष यादवसहित वडासचिव हरिनारायण यादव, सर्जमिनमा बस्ने जिल्ला प्रहरी कार्यालय सप्तरमा कार्यरत प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरी, प्रहरी सहायक हवल्दार नारायणकुमार महतो र राम इश्वर मण्डलसहितका विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 
    त्यस्तै, नागरिकता जारी गर्दा नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रसाशकीय अधिकृत किशोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय संजिवकुमार साह र सुरज नेपाल विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
    यसअघि नै छानबिन गरिरहेको जिल्ला प्रशासन कार्यालयले सो मुद्दामा पूर्वाग्रह राखी कर्मचारीलाई प्रतिवादी बनाएको छ भने कर्मचारीहरु संलग्नता भए नभएको विषयमा जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण समेत सोधेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न
बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न
डा. राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज 
मिथिला कपमा युथ क्रिकेट बजाज र रौतहट ११ बिजय  
मिथिला कपमा युथ क्रिकेट बजाज र रौतहट ११ बिजय  
सप्तरीमा जनमत, काँग्रेस र जसपालाई एक÷एक सीट, प्रदेश मन्त्री साहको दोश्रो र काँग्रेस केन्द्रिय सदस्य यादवको चौथो प्रयास सफल
सप्तरीमा जनमत, काँग्रेस र जसपालाई एक÷एक सीट, प्रदेश मन्त्री साहको दोश्रो र काँग्रेस केन्द्रिय सदस्य यादवको चौथो प्रयास सफल
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
दुई महिनापछी सकुशल भेटिए रोशनी
दुई महिनापछी सकुशल भेटिए रोशनी
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु