दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
सप्तरी जिल्ला बार एकाईको नेतृत्वका लागि बुधबार कानुन व्यवसायीहरुको दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
बार एकाईको अध्यक्ष पदका लागि अधिवक्ताद्वय कामेश्वर प्रसाद यादव र उपेन्द्र प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उपाध्यक्षमा अभिवक्ता दिलिप कुमार चौधरी र अधिवक्ता मिस्टर चौधरीले मनोनयन दर्ता गराएका छन् भने सचिवमा अधिवक्ताद्वय रामएकवाल मण्डल र सुरेश सिंह तथा कोषाध्यक्ष पदमा अधिवक्ताद्वय निलम कुमारी यादव र बैजनाथ चौधरीको मनोनयन परेको छ ।
यस्तै खुल्ला सदस्य पदका लागि गबेन्द्र प्रसाद देव, धिरेन्द्र लाभ, रामनरेश चौधरी, देवनाथ चौधरी, दिपेश कुमार चौधरी, ज्ञानेन्द्र प्रसाद यादव, बिरबहादुर कडारी, शिवनरायण यादव, महेन्द्र प्रसाद यादव, हेमनारायण चौधरीले उम्मेदवार िदिएका छन् ।
केन्द्रिय पार्षदका लागि श्यामनारायण यादव, धु्रबकुमार मण्डल, भोजराज शर्मा, बलराम देव, महेन्द्र प्रसाद देव, मनु खनाल, शंकर कुमार मिश्रा, कमल कुमार यादव, केशरलाल खंग र रमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच सहसचिव पदमा अधिवक्ता शैलजा कुमारी साहको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक केशव प्रसाद दासले जानकारी दिए ।
यसैगरि महिला सदस्य पदका लागि बुधबार एउटा पनि उम्मेदवारी दर्ता हुन नआएको भन्दै निर्वाचन समितिले सो पदमा उम्मेदवारीका लागि बिहीबार समय थप गरेको जनाएको छ ।
जिल्ला बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि आउँदो भदौ २९ गते निर्वाचन हुदैछ ।
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी
सारांश
- बार एकाईको अध्यक्ष पदका लागि अधिवक्ताद्वय कामेश्वर प्रसाद यादव र उपेन्द्र प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
- त्यस्तै उपाध्यक्षमा अभिवक्ता दिलिप कुमार चौधरी र अधिवक्ता मिस्टर चौधरीले मनोनयन दर्ता गराएका छन् भने सचिवमा अधिवक्ताद्वय रामएकवाल मण्डल र सुरेश सिंह तथा कोषाध्यक्ष पदमा अधिवक्ताद्वय निलम कुमारी यादव र बैजनाथ चौधरीको मनोनयन परेको छ ।
- यस्तै खुल्ला सदस्य पदका लागि गबेन्द्र प्रसाद देव, धिरेन्द्र लाभ, रामनरेश चौधरी, देवनाथ चौधरी, दिपेश कुमार चौधरी, ज्ञानेन्द्र प्रसाद यादव, बिरबहादुर कडारी, शिवनरायण यादव, महेन्द्र प्रसाद यादव, हेमनारायण चौधरीले उम्मेदवार िदिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया