जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 

राजविराज राजविराज
|
बुधबार, भाद्र १९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 

सारांश

  •     बार एकाईको अध्यक्ष पदका लागि अधिवक्ताद्वय कामेश्वर प्रसाद यादव र उपेन्द्र प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
  •       त्यस्तै उपाध्यक्षमा अभिवक्ता दिलिप कुमार चौधरी र अधिवक्ता मिस्टर चौधरीले मनोनयन दर्ता गराएका छन् भने सचिवमा अधिवक्ताद्वय रामएकवाल मण्डल र सुरेश सिंह तथा कोषाध्यक्ष पदमा अधिवक्ताद्वय निलम कुमारी यादव र बैजनाथ चौधरीको मनोनयन परेको छ ।
  •       यस्तै खुल्ला सदस्य पदका लागि गबेन्द्र प्रसाद देव, धिरेन्द्र लाभ, रामनरेश चौधरी, देवनाथ चौधरी, दिपेश कुमार चौधरी, ज्ञानेन्द्र प्रसाद यादव, बिरबहादुर कडारी, शिवनरायण यादव, महेन्द्र प्रसाद यादव, हेमनारायण चौधरीले उम्मेदवार िदिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ । 

    सप्तरी जिल्ला बार एकाईको नेतृत्वका लागि बुधबार कानुन व्यवसायीहरुको दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । 
    बार एकाईको अध्यक्ष पदका लागि अधिवक्ताद्वय कामेश्वर प्रसाद यादव र उपेन्द्र प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका हुन् । 
    त्यस्तै उपाध्यक्षमा अभिवक्ता दिलिप कुमार चौधरी र अधिवक्ता मिस्टर चौधरीले मनोनयन दर्ता गराएका छन् भने सचिवमा अधिवक्ताद्वय रामएकवाल मण्डल र सुरेश सिंह तथा कोषाध्यक्ष पदमा अधिवक्ताद्वय निलम कुमारी यादव र बैजनाथ चौधरीको मनोनयन परेको छ । 
    यस्तै खुल्ला सदस्य पदका लागि गबेन्द्र प्रसाद देव, धिरेन्द्र लाभ, रामनरेश चौधरी, देवनाथ चौधरी, दिपेश कुमार चौधरी, ज्ञानेन्द्र प्रसाद यादव, बिरबहादुर कडारी, शिवनरायण यादव, महेन्द्र प्रसाद यादव, हेमनारायण चौधरीले उम्मेदवार िदिएका छन् । 
    केन्द्रिय पार्षदका लागि श्यामनारायण यादव, धु्रबकुमार मण्डल, भोजराज शर्मा, बलराम देव, महेन्द्र प्रसाद देव, मनु खनाल, शंकर कुमार मिश्रा, कमल कुमार यादव, केशरलाल खंग र रमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । 
    यसैबीच सहसचिव पदमा अधिवक्ता शैलजा कुमारी साहको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक केशव प्रसाद दासले जानकारी दिए । 
    यसैगरि महिला सदस्य पदका लागि बुधबार एउटा पनि उम्मेदवारी दर्ता हुन नआएको भन्दै निर्वाचन समितिले सो पदमा उम्मेदवारीका लागि बिहीबार समय थप गरेको जनाएको छ ।
    जिल्ला बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि आउँदो भदौ २९ गते निर्वाचन हुदैछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जिल्ला स्तरीय व्याडमिन्टन असार ३० बाट राजविराजमा हुने
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
विद्युत सर्ट भएर आगलागि हुँदा तीस लाखको क्षति
विद्युत सर्ट भएर आगलागि हुँदा तीस लाखको क्षति
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी