भिख माग्नेलाई सजाय

राजविराज राजविराज
|
बुधबार, मंसिर १९, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  •     यस व्यवस्थालाई पश्चिमका देशहरु सम्पति शुद्धिकरणका नाममा विश्व भरी लागु गरी आफ्नो स्वार्थ पुरा गर्दै छन् ।
  • साथै आमा बुवाको बुढेसकालमा छोराछोरीको सेवावाट बन्चित गराई बृद्धाश्रममा पठाउन लगाईयो जब कि आमाको पैताला मुनी स्वर्ग छ ।
  •     भारत, अमेरीका, ईंगलैण्ड र अन्य देशमा जकात फाउण्डेशन नामको सामाजिक संस्था स्थापनागरी उक्त व्यवस्था अनुसार अर्थ संकलन गरी निःसहाय, गरीब तथा गरी विद्यार्थीहरुलाई आर्थिक सहयोग मात्र होईन निजहरुको व्यवस्थापन पनि गरी रहेको देखिन्छ ।

हाशिम अन्सारी
अनिवार्य अवकास प्राप्त मा.वि.प्र.अ.राजविराज
    सार्वजनिक स्थानमा भिक्षा माग्ने, भिक्षा संकलन गर्न बालबालिकालाई गीत गाउन लगाउने गतिविधि गर्न कानूनले बन्देज लगाएको छ । कानून कडा बने पनि भिक्षा माग्ने विरुद्ध अहिलेसम्म उजुरी परेको छैन । कानून कडा बने पनि व्यवस्थापन भएन भने यसलाई रोकन मुश्किल जस्तो छ । आज देखि १५०० वर्ष पहिलानै सन्देष्टा मोहम्मद (स) कहाँ एक जना भीखारी भीख माँग्न आयो त्यसलाई भीख नदिई उसै संग रहेका २ रियाल लीई बन्चरो बनाई दिई जंगलवाट दाउरा ल्याई बेच्न लगानु भयो र भन्नु भयो भीख माँग्नु समाजिक अपराध हो र यसका लागि समाजलाई उत्तरदाई बनाउन जकात भन्ने ढुकुटी कायम गरी जो मानिस संग साढे सात तोला सुन अथवा साढे बावन तोला चाँदी छ भने आफ्नो सम्पतिको शुद्धिकरण गर्न यस ढुकुटीमा साढे दुई प्रतिशत सुन चाँदी वा सो बराबरको रकम जम्मा गर्नु पर्ने अनिवार्य गर्नु भयो जो व्यवस्था ईस्लामिक मुलुकहरुमा लागुत छ तर अन्य मुलुकमा थोरै छ । 
    यस व्यवस्थालाई पश्चिमका देशहरु सम्पति शुद्धिकरणका नाममा विश्व भरी लागु गरी आफ्नो स्वार्थ पुरा गर्दै छन् । साथै आमा बुवाको बुढेसकालमा छोराछोरीको सेवावाट बन्चित गराई बृद्धाश्रममा पठाउन लगाईयो जब कि आमाको पैताला मुनी स्वर्ग छ ।
    भारत, अमेरीका, ईंगलैण्ड र अन्य देशमा जकात फाउण्डेशन नामको सामाजिक संस्था स्थापनागरी उक्त व्यवस्था अनुसार अर्थ संकलन गरी निःसहाय, गरीब तथा गरी विद्यार्थीहरुलाई आर्थिक सहयोग मात्र होईन निजहरुको व्यवस्थापन पनि गरी रहेको देखिन्छ । भारतको जुन प्रान्तमा जकात फाउण्डेशन नामको सामाजिक संस्था सक्रिय छ त्यहाँ भिखारी मुक्त प्रान्त समेत घोषना गरी सकेका छन् ।
    नेपालमा पनि ऐन कानून बनाउनु राम्रो छ तर त्यसको व्यवस्थापन नगरी भीख माँग्नेहरुलाई जेल पठाउँदा सरकारलाई भार पर्न जान्छन् ।
    म एउटा आफ्नै उदाहरण दिन चाहन्छु सम्बत् २०१२ मा सउदी राजाको निमन्त्रनामा हामी केहि बुद्धिजीवी  हजगर्न सउदी अरबको मक्का र मदीना गएका थिएं । त्यहाँ मदीना विश्वविद्यालयमा पढी रहेका नेपाली विद्यार्थीहरु हामी संग भेटन आए र भने हामी यहाँ बी.ए., एम.ए. गरी रहेका छौं नेपाल आएर के काम गर्न सक्छु । मेरो प्रश्न थियो तपाईहरु नेपालवाट एस.एल.सी. गरेर आउनु भए छ उत्तर थियो नई । मैले भने तपाईहरु नेपालको मदरसावाट सोझै आनु भएको र मदरसाहरु नोलको नियम अनुसार दर्ता छैन त्यसै जस्तो शिक्षा लिएपनि नेपालमा आएर उही काम गर्नु पर्छ जो मदरसाले गरी रहेका छन् । चन्दा रसीद छपाउनुस् अन्य जस्तो चन्दा असूल गर्नुस र आफु पनि खानुस र बेही बच्चाहरुलाई पनि पढाउनुस् एक जना हाम्रा मित्रले भन्नु भयो संस्कृत पढने नेपाल सरकारको प्रशानमा जान सक्दछन् भने मौलवी किन जान सक्दैनन् । यस उदाहरणलाई नेपाल सरकारले पनि मनन् गर्नु पर्ने ।
    अर्काे उदाहरण मदरसाहरु गरीब र निःसहायको प्रमाणपत्र बनाई आर्थिक सहयोग माँग्न घरघर पठाइन्छ र एटा उदाहरणस्वरुप एक जनाले मलाई हार्निया भएको बारे मदरसाले सहयोगकालागि पत्र लेखि दिनु भएको छ मैले भने राजविराजको अस्पतालमा तपाईको निःशुल्क उपचार गराई दिन्छु तर मानेनन् ।
    अन्तमा नेपाल सरकारलाई मेरो अनुरोध छ कि नियम बनाउनु राम्रो हो तर भविष्यमा पनि सोको व्यवस्थापन राम्रो गर्नु पर्ने ।      

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
सप्तरीमा ७० जनाले गरे आत्महत्या
सप्तरीमा ७० जनाले गरे आत्महत्या
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित