दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन

राजविराज राजविराज
|
मंगलबार, कार्तिक ९, २०७८
|
|
८० पटक हेरिएको
Shares
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन

सारांश

  •     समाजका केन्द्रीय अध्यक्ष इ.
  • सन्जिव नारायण यादवको अगुवाइमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गोतम मार्फत गृहमन्त्री समक्ष सो ज्ञापनपत्र बुझाएका हुन् ।
  •     बुझाएको ज्ञापनपत्रमा देशको उच्च मर्यादित बुद्धिजीवी ईन्जिनियर तथा राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अमानवीय व्यवहारको पराकाष्ठ रहेको भनिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक । 
    खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका आयोजना प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका नेता कार्यकर्ताहरुद्वारा गरिएको अमानवीय व्यवहारको नेपाल ईन्जिनियरिङ् समाज घोर भत्र्सना गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
    समाजका केन्द्रीय अध्यक्ष इ. सन्जिव नारायण यादवको अगुवाइमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गोतम मार्फत गृहमन्त्री समक्ष सो ज्ञापनपत्र बुझाएका हुन् ।
    बुझाएको ज्ञापनपत्रमा देशको उच्च मर्यादित बुद्धिजीवी ईन्जिनियर तथा राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अमानवीय व्यवहारको पराकाष्ठ रहेको भनिएको छ ।
    समाजको उच्च व्यक्ति देश विकासमा अग्रपंक्तिमा को रुपमा स्थापित रहेको सिडिई लाई दिन दहाडै तालिवानी शैलिमा कार्यलय प्रवेश गरि कुशवाहलाई हाथपात गरि अमानवीय तरिकाले कार्यालय प्रमुख लाई नगर परिक्रमा गराउँदा पनि प्रहरी प्रसासन मुखदर्शकको रुपमा बसेको देख्दा देशमा कानुनी शासन नभएको अनुभुती भएको उल्लेख गरिएको छ ।
    यस्तै नेपाल ईन्जिनियरिङ् समाज प्रदेश नम्बर दुई समिति अन्तर्गत रहेको सम्पूर्ण ईन्जिनियरहरुको तर्फबाट कडा कारवाहीको जोडदार माग गर्दै विभिन्न समयमा कर्मचारीहरु लाई कुटपिट दुव्र्यवहार संग जोडिएको व्यक्तिलाई समयमा कारबाही माग गरेका छन् ।
    कर्मचारीहरुलाई मनोवल बढाउन नसके देश भरी विरोध को कार्यक्रम घोषणा गरि ईन्जिनियरिङ् सेवा पूर्ण रुपमा ठप्प गर्ने चेतावनी समेत दिएका छन् ।
    त्यैसैगरि नेपाल ईन्जिनियर्स एसोसिएसनको अगुवाइमा देश भरि नै नेपाल ईन्जिनियरिङ् सोसाइटी लगायत को संगठनरु शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमको तस्बिर सहित प्रदर्शनमा सहभागी भएका ईन्जिनियरहरु लाई धम्कीपूर्ण भाषामा डा सिके राउत सचिवालयको अधिकारीक पेजबाट गरिएको पोस्ट प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
    साथै यस प्रकारको तुच्छ शब्दको प्रयोग गरी कुनै अधार– प्रमाण बिना नै भ्रष्टाचारको हवाला दिइ कर्मचारी माथी भौतिक आक्रमण गर्ने लगायतका विभिन्न धम्कीहरु सिके राउत र उनका कार्यकर्तातहरुले समाजमा द्वन्द्व निम्त्याउन खोजेको भन्दै आवश्यक छानबिन गरी कानुन बमोजिम कडा कारवाहीको लागि जोडदार माँग समेत गरेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी