छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 

राजविराज राजविराज
|
बिहिबार, बैशाख ४, २०८२
|
|
१२३ पटक हेरिएको
Shares
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 

सारांश

  •     रोजगारीका लागी साउदी अरब गएका उनी आफ्नै छिमेकी गाउँले एक साथीबाट ठगिएका हुन् ।
  • उनी ठगिएपछी पुरै परिवारको विचल्ली समेत भएको छ ।
  •       बिहीबार राजविराजमा उनका बुबा इस्लाम मियाँ र आमा चुनिया खातुन पत्रकार सम्मेलन गर्दै छोरा ठगिएको बारे बिस्तृत घटना जानकारी गराएर न्यायाका लागि सम्बन्धीत निकायसँग हारगुहार गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ बैशाख । 

    बैदेशिक रोजगारीका लागि गएका सप्तरीको डाक्नेश्वरी नगरपालिका १० वनौला टोलका ३२ वर्षिय मो. नजिबुल्ला विदेशमै ठगिएका छन् ।  
    रोजगारीका लागी साउदी अरब गएका उनी आफ्नै छिमेकी गाउँले एक साथीबाट ठगिएका हुन् । उनी ठगिएपछी पुरै परिवारको विचल्ली समेत भएको छ । 
    बिहीबार राजविराजमा उनका बुबा इस्लाम मियाँ र आमा चुनिया खातुन पत्रकार सम्मेलन गर्दै छोरा ठगिएको बारे बिस्तृत घटना जानकारी गराएर न्यायाका लागि सम्बन्धीत निकायसँग हारगुहार गरेका छन् । 
    पत्रकार सम्मेलनमा बुबा इस्लामले विदेशमा रोजगारीका सिलसिलमा रहदा मो.नजिबुल्ला र गाउँका छिमेकी साथी रोजित मियाँबीचको मित्रता रहेको सुनाए । सोही क्रममा गत फागुन २४ गते रोजित मियाँले छोरा नजिबुल्लासँग ससुराली गाउँमा जग्गा खरिद गर्न लागेको भन्दै १५ लाख रुपैया सापटी मागेको बुबा इस्लाम मियाँले बताए । 
    एक महिना भित्र पैसा फिर्ता गरिदिन्छु भन्दै रोजित मियाँले प्रतिबद्धता जनाएपनि विश्वासमा परेका छोरा नजिबुल्लाले पहिलो पटक १२ लाख र त्यसको केही दिन पछि थप ३ लाख रुपैया उनको खातामा जम्मा गरिदिएको उनको भनाई छ । 
    पत्रकार सम्मेलनमा उनले प्रमाणका रुपमा रोजित मियाँको खातामा नजिबुल्लाले जम्मा गरेको रकमको बंैंक भौचर समेत पेश गरेका छन । विगत दुई महिना देखी रोजित एक्कासी सम्पर्क विहीन भएको र कहिले काही ह्वाटसपमा कुरा हुँदा उल्टै धम्क्याउन थालेको नजिबुल्लाकी आमा चुनिया खातुनले सुनाईन । यसबारे छिमेक मै वस्ने रोजितका बु्आ गफुर मियाँ समेत जानकारी गराए, उनले भने–तर कसैले चासो देखाएनन ।”
    “रोजित अहिले साउदी अरबमा पनि छैनन, नत गाउँ फर्केका छन, साउदी अरबमा रहेका नजिबुल्लाले संचारकर्मीहरु संग फोन सम्पर्कमा भने–पैसा पचाउने नियतले नेपाल मै कतै लुकेर वसेका छन ।”
    विदेशमा आफ्नै छिमेकी गाउँले साथीबाट ठगीमा परेको छोराको दिनरात खटेर कमाएको रकम असुल उपरका लागी आफुहरु प्रहरी हुदै पत्रकारसम्म पुगेको पत्रकार सम्मेलनमा आमा चुनियाले सुनाईन । 
    पाँच वर्ष अघि सउदी अरब गएका उनी दिनको ८ घण्टा काम गरेर कमाएको रकमबाट खर्च कटाएर बचत गरी त्यसबाट केही रकम नियमितरुपमा घर पनि पठाउने गरेका थिए । उनले पठाएको पैसाबाट घर परिवारको खर्च र उनका छोराछोरीको शिक्षा दिक्षा पनि राम्रै चल्दै थियो । यस अवधीमा उनले १५ लाख रुपैया बचत गर्न पनि भ्याएका थिए ।
    वर्षाै मिहीनेत गरेर छोरा नजिबुल्लाले कमाएको रकम उनकै गाउँले साथी रोजित मियाँले ठगी गरेपछि आफुहरुको समेत बिजोग भएको आमा चुनिया खातुन र बुआ इस्लाम मियाँले दुखेसो पोखेकी छिन । 
    उनले इलाका प्रहरी कार्यालय पातो, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा पुगी ठगी गर्ने ब्यक्ती विरुद्ध कारवाहीको माग गर्दै पटक÷पटक धाउदै पनि अहिलेसम्म ठगी गर्ने ब्यक्ती पक्राउ पर्न नसकेको उनको दुखेसो छ । 
    उनले छोरालाई ठगी गर्ने र पुरै परिवारलाई विचल्ली बनाउने रोजित मियाँलाई अविलम्ब पक्राउ गरी कारवाही र आफुलाई न्याय दिलाइदिन अनुरोध गरेकी छिन । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले नजिबुल्लालाई ठगी गर्ने रोजित मियाँको खोज तलास कार्य भइरहेको बताएका छन । उनले सबै प्रहरी कार्यालयमा रोजित मियाँको हुलिया सहित विवरण पठाई खोजी कार्यालाई व्यापक बनाइएको जनाएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो
बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
योग दिवस मनाइयो
योग दिवस मनाइयो
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग