विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा

राजविराज राजविराज
|
बुधबार, आश्विन २२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा

सारांश

  •     जेनजी समूहले यस अघि नै विमानस्थल कार्यालयमा सञ्चालनमा रहेका भिआइपी कक्षलाई बन्द गनुपर्ने चेतावनी दिएका थिए ।
  • सोको पालना भए नभएको भनि हेर्न आएका थिए ।
  •       जेनजी समूहका युवाहरुलाई मुल गेटमा सेना र प्रहरीले केहीबेर रोकेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 

    जेनजी समूहका युवाहरुले बुधबार बिहान राजविराज विमानस्थलको भिआईपी कक्षको निरिक्षण गरेका छन् । 
    जेनजी समूहले यस अघि नै विमानस्थल कार्यालयमा सञ्चालनमा रहेका भिआइपी कक्षलाई बन्द गनुपर्ने चेतावनी दिएका थिए । सोको पालना भए नभएको भनि हेर्न आएका थिए । 
    जेनजी समूहका युवाहरुलाई मुल गेटमा सेना र प्रहरीले केहीबेर रोकेका थिए । सो क्रममा सामान्य भनाभन समेत भएको थियो । 
    त्यसपछि जेनजीका अगुवाहरु मध्येका एक मोहन यादवको अगुवाइमा ५÷६ जना युवालाई भित्र प्रवेश गर्न दिइएको थियो । उनीहरु भिआइपी कक्ष बन्द रहेको आफ्नै आँखाले देखेपछि आश्वस्त भई फर्केका थिए ।
    कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विमानस्थल कार्यालयलाई दुई घण्टा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाएको नेपाल नागरिक उड्ययन प्राधिकरण कार्यालय राजविराजका प्रमुख ज्योति प्रकाश साहले बताए ।
    विमानस्थल सुरक्षाका लागि आफै खटेका बरखगणका गणपती सोवित बहादुर चन्दले सम्भावित क्षतिबाट विमानस्थललाई जोगाउन सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले मुलुकको संरचना जोगाउने काम आफूहरुको मात्र नभई जेनजीका युवा भाइहरुको पनि रहेको भन्दै आफ्नो कुरा र गतिविधि संयमित भएर गर्न सचेत गराएका थिए ।
    कार्यालय प्रमुख साहले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पश्चात नै विमानस्थलमा रहेको भिआइपी कक्ष बन्द गरिएको गराएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह