ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना

राजविराज राजविराज
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
२२ पटक हेरिएको
Shares
ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना

सारांश

  •     राजविराजमा मंगलवार आयोजित अन्र्तक्रियामा बोल्दै उनले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कारण जनता निरास हुनु परेको बताएका हुन् ।
  •       राजनीतिक दलहरु मुलुकमा हाल विद्यमान समस्या समाधान भन्दा पनि मिशन ८४ अघि सारेर आगामी चुनावको तयारीमा जुटेको भन्दै उनले काँग्रेस, एमाले, माओवादी लगायतका ठुला दलले कार्यशैलीमा सुधार ल्याउनु पर्ने बताए ।
  •       तीन ठूला दलले जनताका साथ गरिएको बाचा पुरा गर्न नसकेको बताउँदै उनले तीन दलको जनताले आफै विकल्प खोज्ने समय आईसकेको समेत उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, ३० असोज । 

    पूर्वसभामुख दमननाथ ढुंगानाले मुलुकमा आएको ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा हुन परेको बताएका छन् । 
    राजविराजमा मंगलवार आयोजित अन्र्तक्रियामा बोल्दै उनले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कारण जनता निरास हुनु परेको बताएका हुन् । 
    राजनीतिक दलहरु मुलुकमा हाल विद्यमान समस्या समाधान भन्दा पनि मिशन ८४ अघि सारेर आगामी चुनावको तयारीमा जुटेको भन्दै उनले काँग्रेस, एमाले, माओवादी लगायतका ठुला दलले कार्यशैलीमा सुधार ल्याउनु पर्ने बताए । 
    तीन ठूला दलले जनताका साथ गरिएको बाचा पुरा गर्न नसकेको बताउँदै उनले तीन दलको जनताले आफै विकल्प खोज्ने समय आईसकेको समेत उल्लेख गरे ।
    नागरिक अगुवा समेत रहेका ढुंगानाले मुलुकमा भ्रष्टाचार बढेको, राष्ट्रिय सम्पती नेताको स्वार्थमा खर्च हुने गरेको बताउँदै परिवर्तनकारी दलहरु नै जिम्मेवार बन्न नसक्दा जनतामा निराशा बढेको टिप्पणी गरे । 
    मुलुकमा विभिन्न चरणका आन्दोलनले जनतामा आशा जगाउने काम गरेता पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा वर्तमान व्यवस्था प्रति नै जनतामा निराशा बढेको उनको भनाई छ । जनताको समस्या भन्दा पनि आफ्नो स्वार्थपूर्ती तर्फ लाग्नाले राजनीतिक दलहरु मुनाफाखोर कम्पनी जस्ता बन्न थालेको उनले टिप्पणी गरे । 
    आठ वर्ष लगाएर बनाइएको संविधानले संघियता, गणतन्त्र, समावेशिता जस्ता कुराको ग्यारेन्टी गरेपनि त्यसको सहि पालना हुन नसक्दा वर्तमान व्यवस्थाप्रति असन्तुष्टी बढन थालेको उनको कथन छ । 
    मुलुकमा बढ्दो जनअसन्तुष्टी गणतन्त्रका विरुद्ध बढदै गएपनि त्यो राजतन्त्रको पुर्नस्थापनाका लागी भने नरहेको उनले बताए । बर्तमान निर्वाचन प्रणाली अति खर्चिलो भएको, पार्टीका कतिपय नेताहरु नै निर्वाचनताका टिकट बेच्ने कार्यमा तल्लिन रहने गरेको भन्दै उनले संविधानमा पुनरावलोकन वा संशोधन मार्फत सुधार ल्याउन आवश्यक रहेको सुझाव दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
सप्तरीमा आत्महत्याका घटना बढ्दै, दुई महिलाको झुण्डिएको अवस्थामा शव फेला
सप्तरीमा आत्महत्याका घटना बढ्दै, दुई महिलाको झुण्डिएको अवस्थामा शव फेला
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन