दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गतको खेलमा सिरहाले महोत्तरीलाई ७ विकेटले पराजित गरेको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा राजविराजस्थित पविमावि खेलमैदानमा बिहीबार सम्पन्न खेलमा सिरहाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
पहिले ब्याटिङ गरेको महोत्तरीले ३० ओभर ३ बलमै सबै विकेट गुमाउँदै १ सय ३४ रन मात्र बनाउन सक्यो । महोत्तरीका लागि रबि कुमार सिंहले सर्वाधिक ४४ रनको योगदान दिए भने नवीन कुमार यादवले ३८ रन बनाए । यस्तै, आदित्य मण्डलले १४ र नितेश यादवले ११ रन जोडे । बलिङतर्फ सिरहाका अफरूद्विन रायनले ३, रूपेश सिंह र प्रदीप पासवानले समान २÷२ तथा नुमर अहमदले १ विकेट हात पारे ।
१ सय ३५ रनको लक्ष्य पछ्याएको सिरहाले २६ ओभर ५ बलमा ३ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा ग¥यो । सिरहाका लागि कृष्णा गुप्ताले अबिजित ५६ तथा राकेश कामतीले ३२ रन बनाएका थिए । बलिङतर्फ महोत्तरीका आकाश मण्डलले २ र राजिव सदाले १ विकेट लिएका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिरहाका अफरूद्विन रायन ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरीले नगद १ हजार ५ सय रुपैयाँसहित कप प्रदान गरे ।
प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
सारांश
- सप्तरी क्रिकेट संघको आयोजनामा राजविराजस्थित पविमावि खेलमैदानमा बिहीबार सम्पन्न खेलमा सिरहाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
- पहिले ब्याटिङ गरेको महोत्तरीले ३० ओभर ३ बलमै सबै विकेट गुमाउँदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।
- महोत्तरीका लागि रबि कुमार सिंहले सर्वाधिक ४४ रनको योगदान दिए भने नवीन कुमार यादवले ३८ रन बनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया