कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी

राजविराज राजविराज
|
बिहिबार, जेठ २६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी

सारांश

  •     बुधबार साँझ कार्यालय अगाडी राखिएको स.
  • ५प.
  • ४३५६ नम्बरको सिवी साईन मोटरसाइकल चोरी भएको हो ।

दैनिक समाचारदाता
राजविराज, २६ जेठ । 
    राजविराज नगरपालिका वडा नं. ७ का अध्यक्ष सुभाषचन्द यादवको निजि मोटरसाइकल कार्यालय अगाडीबाटै चोरी भएको छ । 
    बुधबार साँझ कार्यालय अगाडी राखिएको स.५प.४३५६ नम्बरको सिवी साईन मोटरसाइकल चोरी भएको हो । 
    वडा अध्यक्ष यादवले कार्यालयको काम सकेर घर जान बाहिर निस्कदा पार्किङ गरि राखेको मोटरसाईकल नदेखेपछि छेउछाउमा खोज्दा पनि नभेटिएपछि मोटरसाइकल चोरी भएको बताए ।     उनले कार्यालय छेउछाउ तथा आसपासका क्षेत्रमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि सोही दिन जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल भएको भन्दै निवेदन दर्ता गराएको बताए । 
    यस अघि सोही स्थानबाट शहरी स्वास्थ्य क्लिनिक राजविराजका इन्र्चाज संतोष दासको पनि मोटरसाईकल चोरी भएको थियो । जुन हाल सम्म पनि भेटिएको छैन । यस अघि नापी, मालपोत, राष्ट्रिय बाणिज्य बैक अदालत, बन लगायतका कार्यालय अगाडीबाट पनि विभिन्न सेवाग्राहीको मोटरसाईकल चोरी भएको एक दर्जन भन्दा बढी घटना भईसकेका छन् । 
    राजविराज नगरक्षेत्रमा मोटरसाइकल चोरको विगविगी बढेको छ । दिनहुजसो मोटरसाईकल चोरीका घटना हुन थालेपछि काम विशेषले मोटरसाईकल चढी सदरमुकाम राजविराज आउने सेवाग्राहीदेखी सर्वसाधारण सम्म पीडित र हैरान हुन थालेका छन् ।
    नगर क्षेत्रभित्र ठाउँ ठाउँमा सिसी क्यामरा जडान हुन नसक्दा पनि चोरको पहिचान गर्न कठिन हुने गरेको प्रहरी अधिकारी बताउँछन । बढी चहल पहल र भिडभाड हुने स्थानमा सिसी क्यामरा जडान गर्न सकिए यस्ता चोरीका घटना धेरै हद सम्म नियन्त्रण गर्न सकिने नगरवासीको सुझाव छ । 
    राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवले नगरका प्रमुख स्थानहरुमा छिट्टै सिसी क्यामरा जडान हुने गरी काम अघि बढेको जानकारी दिए । यता मोटरसाईकल मात्र नभएर पार्किङ स्थलमा मोटरसाईकलसंगै राखिएको हेलमेट समेत चोरीको घटना बढेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी