सप्तरीमा पनि फेला प¥यो डेंगुका एक बिरामी, एकको पुष्टि, अर्को दुईको परिक्षण हुँदै

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०७६
|
|
६१ पटक हेरिएको
Shares
सप्तरीमा पनि फेला प¥यो डेंगुका एक बिरामी, एकको पुष्टि, अर्को दुईको परिक्षण हुँदै

सारांश

  •     यसैगरि आइतबारै उपचारका लागि राजविराजस्थित एक निजि क्लिनिकमा आएकी एक महिला र एक पुरुषमा पनि डेंगु रोगको लक्षण देखिएको सम्बद्ध क्लििनिकका संचालकले जानकारी दिएका छन् ।
  • यद्धपी उनहरुको रगत परिक्षण गर्ने कार्य जारि रहेकाले डेंगु भए÷नभएको बारे परिक्षण पश्चात् मात्र सार्वजनिक गर्ने ती क्लिनिकका संचालकले बताएका छन् ।
  •       यता उपचारका लागि आएका कंचनरुप नगरपालिका बैरवाका ६० वर्षिय राजेन्द्र पंजियारको रगत परिक्षण गर्दा डेंगु रोगको पुष्टि भएपछि प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बिराटनगरस्थित कोशी अंचल अस्पताल पठाइएको डा.

दैनिक समाचारदाता
राजविराज, २२ भदौं । 
    सप्तरी जिल्लामा पनि डेंगुका रोगि भेटिएको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आएका एक ६० वर्षिय बृद्धमा डेंगु रोग भेटिएको हो । 
    यसैगरि आइतबारै उपचारका लागि राजविराजस्थित एक निजि क्लिनिकमा आएकी एक महिला र एक पुरुषमा पनि डेंगु रोगको लक्षण देखिएको सम्बद्ध क्लििनिकका संचालकले जानकारी दिएका छन् । यद्धपी उनहरुको रगत परिक्षण गर्ने कार्य जारि रहेकाले डेंगु भए÷नभएको बारे परिक्षण पश्चात् मात्र सार्वजनिक गर्ने ती क्लिनिकका संचालकले बताएका छन् । 
    यता उपचारका लागि आएका कंचनरुप नगरपालिका बैरवाका ६० वर्षिय राजेन्द्र पंजियारको रगत परिक्षण गर्दा डेंगु रोगको पुष्टि भएपछि प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बिराटनगरस्थित कोशी अंचल अस्पताल पठाइएको डा. रविरंजन प्रधानले जानकारी दिए । 
    उपचारका लागि आएका पंजियारको डा. प्रधान र डा. रन्जित झाले प्रारम्भिक उपचार गरेका थिए । तर, उनलाई थप उपचार आवश्यक परेको तथा बिराटनगरस्थित कोशी अंचल अस्पतालमा डेंगु रोग उपचारको उपकरण र औषधीसहितको विशेषज्ञ टोली उपलब्ध रहेकाले त्यसतर्फ पठाइएको अस्पताल प्रशासनले जनाएको छ । 
    यसअघि उपचारका लागि धरान र बिराटनगर पुगेका सप्तरीको दुई जना बिरामीमा पनि डेंगु रोग देखिएको जानकारी प्राप्त भएको अस्पताल श्रोतले जनाएको छ । 
    उच्च ज्वरो आउने, टाउँको दुख्ने, जिउ दुख्ने, चिलाउने, घाँटी खसखस गर्ने, आँखा रातो हुने लगायतका लक्षण डेंगु रोगतर्फ संकेत गर्ने बताउँदै डा. प्रधानले लामखुट्टेको प्रकोपबाट जोगिन तथा सरसफाईमा विशेष ध्यान दिन सर्वसाधारणलाई सुझाव समेत दिएका छन् ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचन तथा मधेशी दल
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
काँग्रेस र नेकपा परित्याग गरि सयौं जसपामा प्रवेश
काँग्रेस र नेकपा परित्याग गरि सयौं जसपामा प्रवेश
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
रन्जुको शंकास्पद मृत्यु सम्बन्धमा  श्रीमान् श्रीमती पक्राउ