जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक

राजविराज राजविराज
|
शुक्रबार, पौष ५, २०८१
|
|
७३ पटक हेरिएको
Shares
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक

सारांश

  •     जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले जिल्लाको समग्र विकासका लागी ४० बुँदे खाका सार्वजनिक गरेका हुन ।
  •       जिल्ला सभामा बजेट, नीति तथा कार्यक्रम सँगै उनले जिल्लाका सवै पालिका, प्रदेश सांसद र संघीय सांसदलाई समेटेर तयार पारेको विकास निर्माणको खाका सार्वजनिक गरेका हुन ।
  •       सार्वजनिक गरिएको खाकामा जिल्लाका विभिन्न सडकको स्तरोन्नती, शिक्षा, संचार र पर्यटनको विकासमा जोड दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 

    सप्तरी जिल्लाको विकासका लागी जिल्ला समन्वय सप्तरीले शुक्रबार ४० बुँदे खाका सार्वजनिक गरेको छ । 
    जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले जिल्लाको समग्र विकासका लागी ४० बुँदे खाका सार्वजनिक गरेका हुन । 
    जिल्ला सभामा बजेट, नीति तथा कार्यक्रम सँगै उनले जिल्लाका सवै पालिका, प्रदेश सांसद र संघीय सांसदलाई समेटेर तयार पारेको विकास निर्माणको खाका सार्वजनिक गरेका हुन । 
    सार्वजनिक गरिएको खाकामा जिल्लाका विभिन्न सडकको स्तरोन्नती, शिक्षा, संचार र पर्यटनको विकासमा जोड दिइएको छ । उनले सार्वजनिक गरेको खाकामा सडकको स्तरोन्नती, जिल्लाका सबै नगर र गाउँपलिकाका केन्द्रहरु बाह्रै महिना चल्ने कालोपत्रे सडकबाट सदरमुकाम राजविराजलाई जोड्ने, नगरपालिकामा सुविधा सम्पन्न वसपार्क निर्माण गर्ने, प्रत्येक पालिकामा १÷१ सभागृह, बहुउद्देश्यीय कभर्डहल र खेलमैदान निर्माण, चुरे पर्वतको सरक्षण, खानेपानी, सिचाई तथा पर्यटनको एकिकृत प्याकेजको रुपमा अगाडी बढाउन पहल गरिने उल्लेख छ । 
    सिचाई सुविधाको विस्तारका लागी चन्द्र नहर र कोशी पम्प नहरको क्षमता विकास, पालिकाहरुलाई आगामी एक वर्ष भित्र बालमैत्री पालिका घोषणा,निरक्षरताको पुर्ण अन्त्य, सबै पालिकामा एक÷एक बृद्धाआश्रम आरोग्य केन्द्रको स्थापना पनि उनले तयार पारेको खाकामा समेटेका छन । 
    यस्तै जिल्लाका प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, शम्भुनाथ, भगवती, डाक्नेश्वरी, गिद्धखोर, कृष्णाराम मरौटी, लोहजराको भेडिया मठमन्दिर लगायत क्षेत्रको दिर्घकालिन पर्यटन गुरु योजना तयार गरी सोही अनूरुप कार्यक्रम अघि बढाइने प्रमुख साहद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सो क्रममा उनले हाल राज्यबाट जिल्ला समन्वय समितिलाइ प्रदान गरिएको निकै नै संकुचित भुमिका र जिम्मेवारीले संविधानतः गठन भएको निर्वाचित संस्थाको अवमूल्यन भएको भन्दै असन्तुष्टि समेत पोखे । 
    कार्यक्रमका प्रमुख अतिथी संघीय साँसद दिनेश कुमार यादवले जिल्ला समन्वय समिती सप्तरीद्वारा जिल्ला सभामा प्रस्तुत नीति तथा कार्यक्रम र विकास निर्माणको खाकाले जिल्लाको समग्र विकासमा महत्वपुर्ण योगदान पु¥याउने भन्दै यसका लागी सबै जनप्रतिनीधी एक भएर अघि बढ्नु पर्नेमा जोड दिए । 
    जिल्ला समन्वय अधिकारी कुन्दन कर्णद्वारा संचालित कार्यक्रममा प्रदेश सांसद, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधीका साथै सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै
मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?