जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक

राजविराज राजविराज
|
शुक्रबार, पौष ५, २०८१
|
|
१०७ पटक हेरिएको
Shares
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक

सारांश

  •     जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले जिल्लाको समग्र विकासका लागी ४० बुँदे खाका सार्वजनिक गरेका हुन ।
  •       जिल्ला सभामा बजेट, नीति तथा कार्यक्रम सँगै उनले जिल्लाका सवै पालिका, प्रदेश सांसद र संघीय सांसदलाई समेटेर तयार पारेको विकास निर्माणको खाका सार्वजनिक गरेका हुन ।
  •       सार्वजनिक गरिएको खाकामा जिल्लाका विभिन्न सडकको स्तरोन्नती, शिक्षा, संचार र पर्यटनको विकासमा जोड दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 

    सप्तरी जिल्लाको विकासका लागी जिल्ला समन्वय सप्तरीले शुक्रबार ४० बुँदे खाका सार्वजनिक गरेको छ । 
    जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले जिल्लाको समग्र विकासका लागी ४० बुँदे खाका सार्वजनिक गरेका हुन । 
    जिल्ला सभामा बजेट, नीति तथा कार्यक्रम सँगै उनले जिल्लाका सवै पालिका, प्रदेश सांसद र संघीय सांसदलाई समेटेर तयार पारेको विकास निर्माणको खाका सार्वजनिक गरेका हुन । 
    सार्वजनिक गरिएको खाकामा जिल्लाका विभिन्न सडकको स्तरोन्नती, शिक्षा, संचार र पर्यटनको विकासमा जोड दिइएको छ । उनले सार्वजनिक गरेको खाकामा सडकको स्तरोन्नती, जिल्लाका सबै नगर र गाउँपलिकाका केन्द्रहरु बाह्रै महिना चल्ने कालोपत्रे सडकबाट सदरमुकाम राजविराजलाई जोड्ने, नगरपालिकामा सुविधा सम्पन्न वसपार्क निर्माण गर्ने, प्रत्येक पालिकामा १÷१ सभागृह, बहुउद्देश्यीय कभर्डहल र खेलमैदान निर्माण, चुरे पर्वतको सरक्षण, खानेपानी, सिचाई तथा पर्यटनको एकिकृत प्याकेजको रुपमा अगाडी बढाउन पहल गरिने उल्लेख छ । 
    सिचाई सुविधाको विस्तारका लागी चन्द्र नहर र कोशी पम्प नहरको क्षमता विकास, पालिकाहरुलाई आगामी एक वर्ष भित्र बालमैत्री पालिका घोषणा,निरक्षरताको पुर्ण अन्त्य, सबै पालिकामा एक÷एक बृद्धाआश्रम आरोग्य केन्द्रको स्थापना पनि उनले तयार पारेको खाकामा समेटेका छन । 
    यस्तै जिल्लाका प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, शम्भुनाथ, भगवती, डाक्नेश्वरी, गिद्धखोर, कृष्णाराम मरौटी, लोहजराको भेडिया मठमन्दिर लगायत क्षेत्रको दिर्घकालिन पर्यटन गुरु योजना तयार गरी सोही अनूरुप कार्यक्रम अघि बढाइने प्रमुख साहद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सो क्रममा उनले हाल राज्यबाट जिल्ला समन्वय समितिलाइ प्रदान गरिएको निकै नै संकुचित भुमिका र जिम्मेवारीले संविधानतः गठन भएको निर्वाचित संस्थाको अवमूल्यन भएको भन्दै असन्तुष्टि समेत पोखे । 
    कार्यक्रमका प्रमुख अतिथी संघीय साँसद दिनेश कुमार यादवले जिल्ला समन्वय समिती सप्तरीद्वारा जिल्ला सभामा प्रस्तुत नीति तथा कार्यक्रम र विकास निर्माणको खाकाले जिल्लाको समग्र विकासमा महत्वपुर्ण योगदान पु¥याउने भन्दै यसका लागी सबै जनप्रतिनीधी एक भएर अघि बढ्नु पर्नेमा जोड दिए । 
    जिल्ला समन्वय अधिकारी कुन्दन कर्णद्वारा संचालित कार्यक्रममा प्रदेश सांसद, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधीका साथै सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ
दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी