जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार

राजविराज राजविराज
|
मंगलबार, श्रावण २०, २०८२
|
|
२२ पटक हेरिएको
Shares
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार

सारांश

  •     दुई पटक निर्वाचनको मिति सारेर तेश्रो पटक सोमबारका दिन सम्पन्न निर्वाचनबाट मंगलबार बिहान परिणाम घोषणा गरिएको हो ।
  •       जसअनुसार केदार यादवको प्यानलको उपाध्यक्षतर्फ लक्ष्मण यादव, उपसचिवतर्फ रिता कुमारी चौधरी र रामेश्वर कडोरीया यादव र कोषाध्यक्ष अमरेन्द्र कुमार यादव निर्वाचित भएका छन् ।
  •       अध्यक्ष पदका अर्का उम्मेदवार उमेश प्रसाद यादव प्यानलबाट उपाध्यक्षमा हरेराम यादव र सचिवमा निरज कुमार झा निर्वाचित भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० साउन । 

    जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्ष पदमा पुनः केदार प्रसाद यादव निर्वाचित भएका छन् ।
    दुई पटक निर्वाचनको मिति सारेर तेश्रो पटक सोमबारका दिन सम्पन्न निर्वाचनबाट मंगलबार बिहान परिणाम घोषणा गरिएको हो । 
    जसअनुसार केदार यादवको प्यानलको उपाध्यक्षतर्फ लक्ष्मण यादव, उपसचिवतर्फ रिता कुमारी चौधरी र रामेश्वर कडोरीया यादव र कोषाध्यक्ष अमरेन्द्र कुमार यादव निर्वाचित भएका छन् । 
    अध्यक्ष पदका अर्का उम्मेदवार उमेश प्रसाद यादव प्यानलबाट उपाध्यक्षमा हरेराम यादव र सचिवमा निरज कुमार झा निर्वाचित भएका छन् । 
    अध्यक्ष पदमा केदार प्रसाद यादवले २ सय ३५ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई २ सय ५ मत ल्याउन सके । यसैगरी उपाध्यक्षमा लक्ष्मण यादब २ सय ३५ मत र हरेराम यादब २ सय २६ मत प्राप्त गरि निर्वाचित भएका छन् । 
    यस्तै सचिवमा  निरज कुमार झाले २ सय ३१ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी शम्भु कुमार  यादवले  २ सय ३० मत प्राप्त गरि एक मतको झिनो अन्तरले पराजित भए । 
    यसैगरी उपसचिव रिता कुमारी चौधरीले २ सय ३४ र रामेश्वर कौगडिया यादबले २ सय ३५ मत प्राप्त गरि बिजयी भएका छन् । कोषाध्यक्ष  अमरेन्द्र  कुमार  यादबले २ सय ३५ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अभिनय याादबले २ सय १० मत प्राप्त  गरे । 
    ५० सदस्य पदका लागि भएको निर्वाचनको मतगणना भने जारि नै रहेको बुधबार बिहानसम्म मात्र नतिजा आउने निर्वाचन समितिका संयोजक कृष्णलाल यादवले जानकारी दिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?