दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
नेपाल विश्व शान्ति समितिले पूर्वमन्त्री तथा सप्तरीका पुराना समाजसेवी डा. नागेश्वर प्रसाद सिंहको १३औं स्मृति सभा बिहीबार राजविराजमा मनाएको छ ।
स्थानिय जेसिज भवनमा आयोजित समारोहका वक्ताहरुले सप्तरीबाटै राजनीतिक सुरु गरेका स्व. सिंहको समाजिक पक्ष पनि उत्तिकै सवल रहेको चर्चा गरेका छन् ।
बि.स. २०१५ सालको आमनिर्वाचनमा सप्तरीबाट बिजयी भएका सिंह २०१७ सालदेखी २०२१ सालसम्म मन्त्रीका रुपमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य समेत रहेका स्व. सिंहले लायन्स क्लब, विश्व शान्ति समिति स्थापनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मृतीसभाका सहभागिहरुले चर्चा गरेका छन् ।
“नेपालमा रेडक्रस स्थापनामा पु¥याएको योगदानलाई मध्यनजर गरि स्व. सिंहलाई नेपालको हेनरी ड्युना” नै भन्नु पर्ने कार्यक्रममा इतिहास विज्ञ एवं अवकाश प्राप्त प्राध्यापक कमल दासको भनाई थियो । स्व. सिंहको जिवनी बारे समेत प्रकाश पारेका उनले २४ वर्षकै उमेरमा चिकित्सा शास्त्र (एमबिबिएस) अध्ययन पुरा गर्ने उनी जिल्लाकै पहिलो व्यक्ति भएको बताए ।
आयोजक समितिका महासचिव मधुबहादुर बिसीको अध्यक्षतामा आयोजित सभामा वरिष्ठ कानुन व्यवसायी हिम्मत सिंह, मदनमोहन चौधरी, शिक्षाविद् डा. चिरन्जिविलाल देव, राजिव कुमार मिश्रा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, वरिष्ठ पत्रकार अनिलकुमार अनल, पूर्व मेयर एवं स्व. सिंहका सुपुत्र गोबिन्द सिंह, पूर्व मेयर शैलेश चौधरी, डा. अशोकानन्द मिश्र, रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत लगायतले स्व. सिंहको योगदानको चर्चा गरेका थिए भने कार्यक्रम संचालन अरुण तिवारीले गरेका थिए ।
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु
सारांश
- स्थानिय जेसिज भवनमा आयोजित समारोहका वक्ताहरुले सप्तरीबाटै राजनीतिक सुरु गरेका स्व.
- सिंहको समाजिक पक्ष पनि उत्तिकै सवल रहेको चर्चा गरेका छन् ।
- बि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया