स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
३७ पटक हेरिएको
Shares
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 

सारांश

  •     गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट समाजवादी विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी भएका थिए ।
  • सो प्यानलबाट सभापतिमा समाजवादी विद्यार्थी युनियनका रंजित यादबसहितका पदाधिकारीलाई प्रमाणपत्र बितरण गरिएको छ ।
  •       यसैगरी समानुपातिक प्रणाली अन्तर्गत स्ववियु उपाध्यक्षमा जयकृष्ण यादब, निर्वाचित सचिवमा सुनिल, कोषाध्यक्षमा मेनुका साह र समानुपातिक प्रणालीवाट सहसचिवमा निर्वाचित गुडिया यादबका सदस्यहरूलाई प्रमाणपत्र तथा सपथ ग्रहण गराइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
 
    नवनिर्वाचित स्ववियु पदाधिकारीहरूलाई शुक्रबार एक कार्यक्रमबीच प्रमाणपत्र तथा सम्मान गरिएको छ । 
    गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट समाजवादी विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी भएका थिए । सो प्यानलबाट सभापतिमा समाजवादी विद्यार्थी युनियनका रंजित यादबसहितका पदाधिकारीलाई प्रमाणपत्र बितरण गरिएको छ । 
    यसैगरी समानुपातिक प्रणाली अन्तर्गत स्ववियु उपाध्यक्षमा जयकृष्ण यादब, निर्वाचित सचिवमा सुनिल, कोषाध्यक्षमा मेनुका साह र समानुपातिक प्रणालीवाट सहसचिवमा निर्वाचित गुडिया यादबका सदस्यहरूलाई प्रमाणपत्र तथा सपथ ग्रहण गराइएको छ ।
    स्ववियु सदस्यहरूमा निर्वाचित कंचन ठाकुर, मोहम्मद जकाउल्लाह, राकेश यादब, नन्दन मण्डल, रमानन्द राम, बिनय कुमार यादब, प्रकाश यादब, पुरषोतम राय, प्रतीक्षा कुमारी यादब लगायतलाई पनि प्रमाणपत्र प्रदान गरेका थिए ।
    सो अवसरमा नवनिर्वाचित स्ववियु अध्यक्ष रंजित यादबले मबिव क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीहरूको नियमित पठनपाठन सुचारू गर्न र विद्यार्थीहरूको हकहित, परीक्षा शाखामा देखिएको बेथिति, क्याम्पसमा विद्यार्थीको फर्म भर्नुको साथै दैनिकी समस्या र वातावरणलाई सहज बनाउने प्रतिबद्धता जनाएको छ ।
    मबिव क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा निर्वाचन अधिकृत रामअशिष यादवको अध्यक्षतामा आयोजित प्रमाणपत्र बितरण तथा सपथग्रहण र सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कार्की, समाजसेवी भिमराज यादव, क्याम्पस प्रमुख राजिव मिश्रा, प्राध्यापक संघका अध्यक्ष पुषपेन्द्र झा, रूपनी गाउपालिका अध्यक्ष तथा पुर्व स्ववियु सभापति दिनेश यादब, पुर्व स्ववियु सभापति तथा जनता समाजवादी पार्टी सप्तरी अध्यक्ष केदार यादब, बिद्यार्थी कल्याण प्रमुख उमेश यादब, पुर्व स्ववियु सभापति रामचन्द्र यादब, पूर्वउपसभापति तारकेश्वर यादब, स्ववियु पूर्वसचिव जयप्रकाश यादब, स्ववियु पूर्वसदस्य पार्थाे सरकार लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
१६ दिने अभियान आरम्भ
१६ दिने अभियान आरम्भ
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव