नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव

राजविराज राजविराज
|
बुधबार, मंसिर २९, २०७८
|
|
२५ पटक हेरिएको
Shares
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव

सारांश

  •     सप्तरीको तिरहुत गाउँपालिका १ मा बुधबार आयोजित वृहत पार्टी प्रवेश अभियानमा सम्बोधन गर्दै उनले मधेशमा जन्मको आधारमा दिइने नागरिकताको समस्या रहेकोले त्यसलाई समाधानका लागि  पार्टीले ससंदमा आवाज उठाइरहेको बताए ।
  •       उनले सो समस्या समाधानका लागि नागरिकता ऐन नै संशोधन गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै नागरिकता ऐन संशोधनमा अवरुद्ध भएको तर जसपाले नागरिकता दिलाउन अग्रसरता देखाएको बताए ।
  •       मधेसमा ८० प्रतिशत नागरिक कृषिमा आधारित रहेकाले राज्यले सबैभन्दा बढी लगानी यसै क्षेत्रमा गर्नु पर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा अहिले पनि नागरिकता समस्या कायमै रहेकोले त्यसलाई समाधान गर्न जसपाले अग्रसरता देखाएको बताएका छन् । 
    सप्तरीको तिरहुत गाउँपालिका १ मा बुधबार आयोजित वृहत पार्टी प्रवेश अभियानमा सम्बोधन गर्दै उनले मधेशमा जन्मको आधारमा दिइने नागरिकताको समस्या रहेकोले त्यसलाई समाधानका लागि  पार्टीले ससंदमा आवाज उठाइरहेको बताए । 
    उनले सो समस्या समाधानका लागि नागरिकता ऐन नै संशोधन गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै नागरिकता ऐन संशोधनमा अवरुद्ध भएको तर जसपाले नागरिकता दिलाउन अग्रसरता देखाएको बताए । 
    मधेसमा ८० प्रतिशत नागरिक कृषिमा आधारित रहेकाले राज्यले सबैभन्दा बढी लगानी यसै क्षेत्रमा गर्नु पर्नेमा जोड दिए । 
    जसपा तिरहुत गाउँपालिकाका संयोजक विरेन्द्र मिश्रको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह, तिरहुत गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया खंग, वडा नम्वर ४ का अध्यक्ष मनोज यादव लगायतले पनि सम्बोधन गरेका थिए ।
    सो कार्यक्रममा सय भन्दा बढी व्यक्ति विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष यादवले टिका लगाई पार्टी प्रवेश गराए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ
दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ
विशेष अदालतद्वारा निलम्बित मेयर दोषि ठहर, न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने ः भिमराज
विशेष अदालतद्वारा निलम्बित मेयर दोषि ठहर, न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने ः भिमराज
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा 
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा 
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित