प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 

राजविराज राजविराज
|
सोमबार, माघ २०, २०७६
|
|
४६ पटक हेरिएको
Shares
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 

सारांश

  •     सोमवार राजबिराज नगरपालिका कार्यालयले तीन दिने क्षमता बिकास कार्यालय गोष्ठीको आयोजना गरेको हो ।
  •     गोष्ठीमा राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापाले शिक्षाको स्तरबृद्वि तथा गुणस्तरिय शिक्षामा टेवा पु¥याउनका लागि क्षमता बिकास तालिमको आबश्यकता रहेको औल्याएका छन् ।
  •       क्षमता बिकास कार्यशाला कार्यक्रमले शिक्षाको योजनाको निर्माण, कार्यन्वयन, अनुगमन तथा पृष्ठपोषण गर्ने उद्देश्य रहेको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजबिराज, २० माघ ।  
    राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि क्षमता बिकास सामुहिक कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।
    सोमवार राजबिराज नगरपालिका कार्यालयले तीन दिने क्षमता बिकास कार्यालय गोष्ठीको आयोजना गरेको हो ।
    गोष्ठीमा राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापाले शिक्षाको स्तरबृद्वि तथा गुणस्तरिय शिक्षामा टेवा पु¥याउनका लागि क्षमता बिकास तालिमको आबश्यकता रहेको औल्याएका छन् । 
    क्षमता बिकास कार्यशाला कार्यक्रमले शिक्षाको योजनाको निर्माण, कार्यन्वयन, अनुगमन तथा पृष्ठपोषण गर्ने उद्देश्य रहेको उनको भनाई छ । 
    बिधालय क्षेत्र योजना अन्तर्गत समता शिक्षा प्रणालीलाई गुणस्तरिय, सक्षमता बनाउने, सुशासन तथा ब्यबस्थापन, उत्थानशिलता बिद्यालयहरूको द्वन्द्व तथा प्राकृतिक प्रकोपजन्य प्रभावलाई थेग्न सक्ने अबस्था सुनिश्चिता गर्न समुदाय स्तरमा क्रियाकलाप कार्यन्वयन गर्ने जिल्ला संयोजक डोल्पाका रणबहादुर कार्कीले जानकारी दिए ।
    ईजीआरपी कार्यक्रम अन्तर्गत कक्षा १ देखी ३ कक्षा सम्मका वालवालिकाहरूलाई नेपाली भाषा पढाई सिपको बिकास, प्रभावकारी शिक्षणको लागि उपयुक्त शैक्षिक सामग्री प्रदान गर्ने, शिक्षकहरूको क्षमता अभिबृद्वि तालिम लगायतका क्रियाकलाप गर्ने ईजिआरपी सप्तरी संयोजक प्रमोद महतले बताए ।
    समाबेशी, न्योचित र गुणस्तरिय शिक्षा, आधारभुत तहको शिक्षा पूरा गर्ने दर ९० पु¥याउने लक्ष्य रहेको तथा टिकाउ दर कक्षा ८ सम्म ९७ प्रतिशत, पु¥याउने राष्ट्रिय शिक्षा नीति रहेको बताईएको छ ।
    नगर शिक्षा समितिका सदस्य तथा वडा ८ का वडा अध्यक्ष जयनारायण मण्डलको अध्यक्षतामा आयोजित गोष्ठीमा राजबिराज नगर उपप्रमुख साधना झा, शाखा अधिकृत भोगेन्द्र प्रसाद यादब, राजबिराज वडा ५ का वडा अध्यक्ष समीर झा, ६ का अध्यक्ष प्रेम कुमार यादब, ७ का मागीलाल नाई, ११ का अध्यक्ष संजय यादब, जिल्ला शिक्षा बिकास समन्वय ईकाई बिजय यादबलगायत नगर भित्रका बिद्यालयका प्रअ, ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुक र जनताको समस्या समाधानका लागि बृहत एकता ः जसपा नेता महतो
मुलुक र जनताको समस्या समाधानका लागि बृहत एकता ः जसपा नेता महतो
अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण
अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नेपाल सहकारीको साधारण सभा सम्पन्न
नेपाल सहकारीको साधारण सभा सम्पन्न
सप्तरीका ५ जनासहित २१ जना १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा पक्राउ
सप्तरीका ५ जनासहित २१ जना १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा पक्राउ
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश
काँग्रेसका निर्वाचित प्रदेश  उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन