दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
मधेश प्रदेश सरकारका मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेश कुमार यादबले पत्रकारिता पेशालाई मर्यादित र विश्वासिलो बनाउन पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सोमबार जिल्लाका संचारकर्मीहरुसँग सुझाव संकलन गर्ने क्रममा उनले सो कुरामा जोड दिएका हन् ।
उनले पत्रकारको क्षमता अभिवृद्धी गराउँदै पत्रकारिता पेशामा टिकाउनका लागि गुणस्तरीय बनाउन मिडिया काउन्सिलले भुमिका खेल्ने बताए । संचारकर्मीहरुको प्राप्त सुझावलाई आत्मासात गर्दै मिडियामैत्री बजेट अनुसार बार्षिक कार्यक्रम बनाएर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दै उनले पत्रकारिताको धर्मलाई निभाउँदै पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
उनले जेष्ठ पत्रकारहरूको सम्मानको लागी पत्रकार कल्याण कोष स्थापना गरी यसै बर्ष संचालनमा ल्याउने योजना रहेको सुनाए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरी अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा काउन्सिलका सदस्य मनु पासवान, गायत्री मिश्रा, आमसञ्चार प्राधिकरणका सदस्य तथा शाखा सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, महासंघका पूर्व अध्यक्ष बैजनाथ झा, धिरेन्द्र प्रसाद साह, बरिष्ठ पत्रकार गणेश लाल देव, महासंघका उपाध्यक्ष सुधा देव, संचारकर्मी चन्दन कुमार यादव, नर्मदेव यादब, अरूण तिवारी, दिनानाथ यादब, बिन्दु यादब लगायतले आफनो सुझाव राखेका थिए ।
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
सारांश
- नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सोमबार जिल्लाका संचारकर्मीहरुसँग सुझाव संकलन गर्ने क्रममा उनले सो कुरामा जोड दिएका हन् ।
- उनले पत्रकारको क्षमता अभिवृद्धी गराउँदै पत्रकारिता पेशामा टिकाउनका लागि गुणस्तरीय बनाउन मिडिया काउन्सिलले भुमिका खेल्ने बताए ।
- संचारकर्मीहरुको प्राप्त सुझावलाई आत्मासात गर्दै मिडियामैत्री बजेट अनुसार बार्षिक कार्यक्रम बनाएर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दै उनले पत्रकारिताको धर्मलाई निभाउँदै पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया