दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
सप्तरीको सिमावर्तीहरु नाकाहरुबाट चामलको समेत तस्करी हुन थालेको पाइएको छ । प्रहरीले भारतीय बजारबाट खरिद गरी अबैध रुपमा भित्र्याइएको २ सय बोरा चामल नियन्त्रणमा लिएपछि चामलको पनि तस्करी हुन थालेको पाइएको हो ।
मंगलवार राती १० बजे तीर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ हनुमाननगर बजारमा भारतीय बजारबाट भन्सार छली मे १ ख ३३९७ नम्बरको ट्रकमा लोड गरी ल्याउदै गरेको अवस्थामा २ सय बोरा चामल सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चामल तस्करी भईरहेको गोप्य सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको डिएसपी नरेश कुमार सिह नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय हनुमाननगरको संयुक्त टोलीले ट्रक सहित चामल नियन्त्रणमा लिएको हो ।
डिएसपी सिंहले अबैधरुपमा चामल भित्र्याउने ट्रक चालक सुनसरीगढी गाउँपालिका २ वस्ने ३२ वर्षिय देव कुमार चौधरीलाई पनि पक्राउ गरेको जानकारी दिए । ट्रक सहित बरामद चामलको कुल १४ लाख मुल्याङ्कन गरिएको तथा आवश्यक कारवाहीका लागी तिलाठी स्थित राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगतमा भारतीय सीमानाका हुदै थोरै परिमाणमा पान मसाला र किरानाका सरसमान अवैध रुपमा भित्र्याउने गरिएकोमा केही दिन यता चामलको समेत तस्करी हुन थालेको खबर आएपछि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा
सारांश
- मंगलवार राती १० बजे तीर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ हनुमाननगर बजारमा भारतीय बजारबाट भन्सार छली मे १ ख ३३९७ नम्बरको ट्रकमा लोड गरी ल्याउदै गरेको अवस्थामा २ सय बोरा चामल सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
- चामल तस्करी भईरहेको गोप्य सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको डिएसपी नरेश कुमार सिह नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय हनुमाननगरको संयुक्त टोलीले ट्रक सहित चामल नियन्त्रणमा लिएको हो ।
- डिएसपी सिंहले अबैधरुपमा चामल भित्र्याउने ट्रक चालक सुनसरीगढी गाउँपालिका २ वस्ने ३२ वर्षिय देव कुमार चौधरीलाई पनि पक्राउ गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया