सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो 

राजविराज राजविराज
|
सोमबार, माघ २४, २०७८
|
|
४६ पटक हेरिएको
Shares
सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो 

सारांश

  •     माछाका भुरा छाडने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका वाडेन रामचन्द्र खतिवडाले कोशी नदीमा प्रदुषणले गर्दा माछाको कमी भएको कारण यहाँ माछाका भुरा छाडिएको बताए ।
  •       प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा कार्यालयले अघि नारायणी नदीमा ४० हजार भुरा छोडेको थियो भने मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछाका भुरा छाडेका थिए ।
  •     साना माछा मार्ने काम गरेमा माछाको बिद्र्धबिकास हुनमा समस्या हुनेृ बताउदै कोशी नदीमा कोशी टप्पु वन्यजन्तुको अगुवाइमा यसअघि २० वटा घडियाल गोही समेत छाडिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 
    सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडिएको छ । प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरको आयोजनामा कोशी नदीमा रहु र नैनी जातका ३० हजार माछाका भुरा कोशी नदीमा सोमबार छाडिएको हो । 
    माछाका भुरा छाडने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका वाडेन रामचन्द्र खतिवडाले कोशी नदीमा प्रदुषणले गर्दा माछाको कमी भएको कारण यहाँ माछाका भुरा छाडिएको बताए । 
    प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा कार्यालयले अघि नारायणी नदीमा ४० हजार भुरा छोडेको थियो भने मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछाका भुरा छाडेका थिए ।
    साना माछा मार्ने काम गरेमा माछाको बिद्र्धबिकास हुनमा समस्या हुनेृ बताउदै कोशी नदीमा कोशी टप्पु वन्यजन्तुको अगुवाइमा यसअघि २० वटा घडियाल गोही समेत छाडिएको उनले बताए । उनले माछा र घडियाल गोहीको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । 
    जलिय जैबिक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रीत समुदायको आय स्तर अभिबृद्धिका लागि स्थानिय जातको माछा नदीमा छाडिएको प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख सरोज कुमार यादवले बताए ।
    खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको कार्यालय प्रमुख यादवको भनाई छ ।
    कोशी नदीमा माछाको भुरा छाडने कार्यक्रममा हनुमानगर कंकालिनी नगरपालिकाका उपमेयर सरिता यादव, मत्स्य बिकास केन्द्र फत्तेपुरका प्रमुख भुपनारायण मण्डल, पत्रकार भुपदेव माली र राससका समाचारदाता अरुण कुमार यादव लगायत स्थानियबासी भरभलाआदमी लगायतका उपस्थित रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?