दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
राजविराजस्थित हटियाको सपीङ्ग कम्प्लेक्स निर्माण कार्यमा संलग्न एक मजदुरको माटोको ढिस्कोले पुरिएर बिहीबार मृत्यु भएको छ ।
राजविराज नगरपालिकाद्वारा वडा ७ स्थित हटियामा निर्माण भईरहेको सपिङ्ग कम्पलेक्श निर्माण कार्यमा खटिएको सुनसरी जिल्ला शिवगन्ज गाउँपालिका ८ भोकराहाका २८ वर्षिय अरसद अलिको मृत्यु भएको हो ।
निर्माण स्थलमा खनिएको गहिरो खाडल भित्र काम गर्दै गर्दा अचानक ढिस्कोले पुरिएर गम्भिर घाइते भएका अलिको प्रहरीले उद्धार गरी उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त कार्यको रसुवा रोशन जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ । यसैबीच जोखिमपूर्ण अवस्थामा मजदुर अलीलाई काममा लगाएको भन्दै आक्रोशित मजदुरहरुले उचित क्षतिपुर्तीको माग गरेका छन् ।
ढिस्कोले पुरिएर मजदुरको मृत्यु
सारांश
- राजविराज नगरपालिकाद्वारा वडा ७ स्थित हटियामा निर्माण भईरहेको सपिङ्ग कम्पलेक्श निर्माण कार्यमा खटिएको सुनसरी जिल्ला शिवगन्ज गाउँपालिका ८ भोकराहाका २८ वर्षिय अरसद अलिको मृत्यु भएको हो ।
- निर्माण स्थलमा खनिएको गहिरो खाडल भित्र काम गर्दै गर्दा अचानक ढिस्कोले पुरिएर गम्भिर घाइते भएका अलिको प्रहरीले उद्धार गरी उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- उक्त कार्यको रसुवा रोशन जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया