चन्दनकुमार यादव
राजविराज, २६ कात्तिक ।
राजविराजस्थित कुनौली सडक खण्डमा धुलोका कारण सर्वसधारणले सास्ती भोग्नुपरेको छ । निर्माण कम्पनी ठेकेदारले सो सडक खण्डमा नियमित रुपमा पानी नहालेका कारण आवतजावत गर्ने स्थानीयबासीहरुलाई दिनहुँ सो समस्या भोग्नु परिरहेको छ ।
सो सडक खण्ड भएर दिनहुँ दर्जनौ सिटी सफारी, मोटरसाईकल, बस, जिप, कार लगायतका सवारी साधनहरु संचालनमा रहेको छ । एक त निर्माण भइरहेको सडकमा उड्ने धुलो र त्यसमा पनि सवारी साधानहरुबाट निस्कने धुवाले राजविराजदेखि भारतीय सीमा नाका कुनौली बजार आवत जावतमा निकै समस्या उत्पन्न भईरहेको छ ।
यता निर्माण कम्पनीले समयमा नियमित रुपमा निर्माणधीन सडकमा पानी नहाल्नाले सो भेगका स्थानियहरू चिन्तित बनेका छन् । सो सडक भएर दिनहुँ विभिन्न कामकाजले जाने सर्वसधारण सडकमा धुलो र धुँवाका कारण बिरामी हुन थालेको गोरगमाका स्थानिय दिपेश कुमार यादब बताउछन ।
एक पटक सो सडक प्रयोग गर्ने सर्वसधारणले अर्को पटक जादाँ धुलोले हिड्नै नसकने अबस्था रहेको छ । यस्ता समस्या देखिएपनि निर्माण कम्पनी तथा सम्बन्धित ठेकेदार कम्पनीको लापरवाहीले गर्दा यस क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ ।
बरहीबिरपुर, तिलाठी, बोडर र रम्पुरा जाने सर्वसाधारणहरुलाई दिनहुँ यो सडक प्रयोग गर्दा सदरमुकाम तथा कुनौली बजार समेत आवत जावतमा निकै समस्या भोग्नुपरेको रम्पुराका स्थानिय देवराम मण्डल बताउछन ।
यता आफुहरुलाई दिनहुँ सो सडक भएर क्याम्पस अध्ययन गर्नको लागि आउनु पर्ने हुनाले धुलो र धुँवा खाएर बिरामी समेत परेको उनले बताए ।
उक्त सडक खण्ड निर्माणको ठेक्का पाएका कान्छाराम कन्स्ट्रक्सनले झण्डै एक वर्षदेखी गरिरहेको निर्माण कार्य सुस्त गतिमा रहेको छ ।
कुनौली सडकमा धुलोले सर्वसाधारणलाई सास्ती
सारांश
- सो सडक खण्ड भएर दिनहुँ दर्जनौ सिटी सफारी, मोटरसाईकल, बस, जिप, कार लगायतका सवारी साधनहरु संचालनमा रहेको छ ।
- एक त निर्माण भइरहेको सडकमा उड्ने धुलो र त्यसमा पनि सवारी साधानहरुबाट निस्कने धुवाले राजविराजदेखि भारतीय सीमा नाका कुनौली बजार आवत जावतमा निकै समस्या उत्पन्न भईरहेको छ ।
- यता निर्माण कम्पनीले समयमा नियमित रुपमा निर्माणधीन सडकमा पानी नहाल्नाले सो भेगका स्थानियहरू चिन्तित बनेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया