राजविराज नपाको सुचनाको अवज्ञा 

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ६, २०७९
|
|
३१ पटक हेरिएको
Shares
राजविराज नपाको सुचनाको अवज्ञा 

सारांश

  •     फागुन २ गते कावाप्रमुख परविनले जारी गरेको सुचनाको म्याद बिहीबार सकिएको छ ।
  • उक्त म्याद सकिएपनि स्थानिय ब्यापारीले सो सुचनाको अवज्ञा गरिरहेका छन ।
  •       फागुन २ गते नगरपालिकाद्वारा जारी सुचनामा राजविराज नगरपालिका ७ हुलाकी सडक अन्र्तगत राम मन्दिरदेखि जिल्ला प्रशासन कार्यालय अगाडी हुदै राजबीराज.

दैनिक समाचारदाता
राजविराज, ५ फागुन । 

    राजविराज नगरपालिका कावाप्रमुख इसरत परविनद्वारा जारी गरिएको सुचनाको स्थानिय ब्यापारीहरुले अवज्ञा गरेका छन । 
    फागुन २ गते कावाप्रमुख परविनले जारी गरेको सुचनाको म्याद बिहीबार सकिएको छ । उक्त म्याद सकिएपनि स्थानिय ब्यापारीले सो सुचनाको अवज्ञा गरिरहेका छन । 
    फागुन २ गते नगरपालिकाद्वारा जारी सुचनामा राजविराज नगरपालिका ७ हुलाकी सडक अन्र्तगत राम मन्दिरदेखि जिल्ला प्रशासन कार्यालय अगाडी हुदै राजबीराज.–रुपनी रोड चौकसम्म सडक तथा फुटपाथमा फलफुल, तरकारी, ठेलागाडीमा चटपटी, पान पसल, चिया पसल राखी सरसामान किनबेच एवं अब्यवस्थित रुपले सडक फुटपाथमा लेखापढी कार्य तथा अब्यबस्थित पार्किङ गरी आम जनसमुदायलाई आवतजावत तथा त्यस क्षेत्रमा रहेको विभिन्न कार्यालयहरुको कामकाजमा समेतमा कठिनाइ भएकोले ४ गते भित्र हटाइ सडक तथा फुटपाथ पुर्ण रुपमा खुल्ला राख्न अनुरोध गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ