हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 

राजविराज राजविराज
|
बिहिबार, पौष १६, २०७७
|
|
२८ पटक हेरिएको
Shares
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 

सारांश

  •     जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको बताएका छन् ।
  •       वक्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य भएको स्पष्ट पारेका छन् ।
  •      बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेकोले मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियोे, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 
    नेपाली काँग्रेस सप्तरीले ४५ औं राष्ट्रिय एकता मेलमिलाप दिवसको अवसरमा बिहीबार राजविराजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
    जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको बताएका छन् । 
    वक्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य भएको स्पष्ट पारेका छन् ।     बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेकोले मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियोे, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो रहेको बताए ।
    नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रिय सदस्य रामकुमार चौधरी, राष्ट्रिय मुस्लिम संघका उपाध्यक्ष फत्ते मोहम्मद, डा. सुबोध पोखरेल, डा. अनिल झा, शम्भुनाथ नगरपालिका नगर सभापति दिपेन्द्र चौधरी, कंचनरुप नगरपालिका उपप्रमुख निरु पोखरेल, क्षेत्र नं. ४ का सभापति किरण भगत, क्षेत्र नं. २ का सभापति महानन्द यादव लगायतले राष्ट्रिय एकता मेलमिलाप दिवसको औचित्य बारे प्रकाश पारेका थिए । जिल्ला सचिव शत्रुधन प्रसाद यादवद्वारा संचालित कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रभुनारायण चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  
    कांग्रेस संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नुभएको दिन पुस १६ गतेका अवसरमा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?