राजविराज÷विद्युतीय मोटर जडान गरिएको ट्युवेलमा नुहाउँदै गरेको अवस्था शनिबार दिउँसो करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ ।
पानी तान्ने मोटर जडान भएको ट्युवेलमा करेन्ट लागेर सप्तरीको खडक नगरपालिका ११ लालपुरकी १६ वर्षिया कमलाकुमारी रामको ज्यान गएको हो ।
नुहाउने क्रममा अचानक मोटरमा लिक भएको करेन्टको झट्का लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याई पु¥याएको प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार जिल्लाको बोदेबर्साइन नगरपालिका ३ वस्ने १८ वर्षिय राम नरेश यादवको आफ्नै घरको टेवल पंखामा करेन्ट लागेर मृत्यु भएको थियो ।
प्रहरीका अनुसार पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागी राजविराजस्थित छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेका थिए ।
विद्युतीय उपकरणको प्रयोग सावधानीपूर्वक नगर्दा गत आ.ब. २०७८÷७९ मा जिल्लामा १२ जनाको ज्यान गएको थियो । चालु आ.ब.को एक महिना ४ दिनमै करेन्ट लागेर ६ जनाले ज्यान गुमाइसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
नुहाउने तथा पंखा चलाउने क्रममा करेन्ट लागेर किशोर किशोरीको मृत्यु
सारांश
- यसअघि बिहीबार जिल्लाको बोदेबर्साइन नगरपालिका ३ वस्ने १८ वर्षिय राम नरेश यादवको आफ्नै घरको टेवल पंखामा करेन्ट लागेर मृत्यु भएको थियो ।
- प्रहरीका अनुसार पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागी राजविराजस्थित छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेका थिए ।
- विद्युतीय उपकरणको प्रयोग सावधानीपूर्वक नगर्दा गत आ.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया