बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 

राजविराज राजविराज
|
सोमबार, आषाढ २९, २०७७
|
|
५२ पटक हेरिएको
Shares
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 

सारांश

  •     सोमबार बिहान खाँडो खोलामा आएको बाढीले बेल्ही टोलको ५० भन्दा बढी घर डुवानमा पारेको हो ।
  •       यस्तै निरन्तरको वर्षाले बेल्ही भन्सार बजार समेत डुबानमा परेको छ ।
  • सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी समेत डुबानमा परेको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलको झण्डै ५० भन्दा बढी घर डुबानमा परेको छ ।
    सोमबार बिहान खाँडो खोलामा आएको बाढीले बेल्ही टोलको ५० भन्दा बढी घर डुवानमा पारेको हो । 
    यस्तै निरन्तरको वर्षाले बेल्ही भन्सार बजार समेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी समेत डुबानमा परेको छ । यता राजविराज–तिलाठी सडकखण्डमा समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ । भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय ब्यापारीहरुको लाखौंको धनमाल क्षति भएको छ । 
    यसैगरि खाँडो खोलाको बाढीले एक जना पुरुषको शव बगाएर ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सडेगलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए । 
    यता बाढीले सो गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सयौं विगहा धान खेती जग्गा डुबानमा परेको स्थानियले बताएका छन् । 
    यसैगरि महुली खोलामा आएको बाढीले जिल्लाको तिरहुत गउँपालिकाको वडा नं. ५ लोहजारा, वडा नं. २ मैनाकडेरी र वडा नं. १ त्रिकौलका झण्डै एक सय घर डुवानमा परेको स्थानिय गोपाल गुप्ताले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार  अलोकतान्त्रिक गतिविधिमा ः जोशी
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए
रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
सामाजिक सद्भाव कायम राख्न आग्रह    
सामाजिक सद्भाव कायम राख्न आग्रह