दैनिक समाचारदाता
राजविराज, २९ असार ।
प्रदेश २ सरकारले कोरोना महामारीको बेला लकडाउनले प्रभाबित बनेका साना किसानको ऋणको ब्याज तिरिदिएको छ ।
प्रदेश सरकारले लकडाउन भएको अवधी चैत, बैशाख, जेठ र असार महिनाको सप्तरीका ४ हजार ४ सय ९४ साना किसानको ऋणको ब्याज सम्बन्धीत बैंकलाई तिरिदिएको हो ।
भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले राहत तथा अनुदान कार्यक्रम अन्तर्गत प्रदेश २ का ८ वटै जिल्लाका किसानहरूको ऋणको ब्याज तिर्ने कार्य एक साता यता सुरू गरेको हो ।
जिल्ला समन्वय समिति तथा कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा सोमबार राजविराजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लाका ४ हजार ४ सय ९४ साना किसानको ऋणको ब्याज अनुदान बापतको चेक विभिन्न बैंक तथा बितिय संस्थालाई हस्तान्तरण गरे ।
सो अवसरमा मन्त्री साहले लकडाउनका कारण प्रभाबित कृषि क्षेत्र उकास्न र आमजनताले कृषिमा लगानी गर्ने वातावरण बनाउन प्रदेश सरकारले योजना बनाएको बताए ।
सप्तरीका ५ लाख भन्दा कम ऋण लिएका साना किसानहरूको ब्याज ३ करोड ३५ लाख ५९ हजार ६ सय ६३ रूपैया प्रदेश सरकारले तिरिदिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र यादबले जानकारी दिए ।
यस्तै साना किसानलाई राहत तथा पुर्नस्थापनाका लागि १ करोड २० लाख ८१ हजार ५ सय ८९ रूपैया समेत मन्त्री साहले पीडित किसानलाई उपलब्ध गराएका छन ।
जिल्लामा ६ हजार २ सय ६४ जना किसानले निवेदन दिएकोमा पहिलो चरणमा ४ हजार ४ सय ९४ जनाको ऋणको ब्याज तिरिएको र बाँकी रहेकाहरूलाई दोस्रो चरणमा प्रदेश सरकारले ब्याज तिरिदिने तयारी भइरहेको मन्त्री साहले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, रूबी कर्ण तथा प्रमिला देबी यादबले समेत सम्बन्धित बैंक तथा बितिय संघसंस्थाहरुलाई किसानको ऋण वापतको ब्याजको चेक हस्तान्तरण गरेका थिए ।
यता लकडाउनले संकटमा परेका बेला सरकारले ऋणको ब्याज तिरी दिएपछि किसानहरू निकै खुशी देखिन्थे ।
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
सारांश
- प्रदेश सरकारले लकडाउन भएको अवधी चैत, बैशाख, जेठ र असार महिनाको सप्तरीका ४ हजार ४ सय ९४ साना किसानको ऋणको ब्याज सम्बन्धीत बैंकलाई तिरिदिएको हो ।
- भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले राहत तथा अनुदान कार्यक्रम अन्तर्गत प्रदेश २ का ८ वटै जिल्लाका किसानहरूको ऋणको ब्याज तिर्ने कार्य एक साता यता सुरू गरेको हो ।
- जिल्ला समन्वय समिति तथा कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा सोमबार राजविराजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लाका ४ हजार ४ सय ९४ साना किसानको ऋणको ब्याज अनुदान बापतको चेक विभिन्न बैंक तथा बितिय संस्थालाई हस्तान्तरण गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया