डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने

राजविराज राजविराज
|
बिहिबार, श्रावण १, २०८२
|
|
३३ पटक हेरिएको
Shares
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने

सारांश

  •     निरन्तर वर्षाका कारण बुधबारको दुवै सेमीफाइनल खेल रद्द हुँदा समुह चरणमा दुई समुहका विजेता टिम फाइनल प्रवेश गरेका हुन् ।
  •       राजविराज राजदेवी रोयल्स र खडक वारियर्स बीचको पहिलो सेमीफाइनल तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोज बीचको दोश्रो सेमीफाइनल खेल निरन्तर वर्षाका कारण सम्भव हुन नसकेपछी आयोजकले समूह बिजेता टिमलाई फाइनलका लागि छनौट गरेको हो ।
  •       ८ टिम सहभागी प्रतियोगिताका टिमहरुलाई दुई समुहमा बिभाजन गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३२ असार । 

    राजविराजमा जारि सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिगको फाइनल खेल डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स सप्तरी र राजविराज राजदेवी रोयल्सबीच बिहीबार हुने भएको छ ।
    निरन्तर वर्षाका कारण बुधबारको दुवै सेमीफाइनल खेल रद्द हुँदा समुह चरणमा दुई समुहका विजेता टिम फाइनल प्रवेश गरेका हुन् । 
    राजविराज राजदेवी रोयल्स र खडक वारियर्स बीचको पहिलो सेमीफाइनल तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोज बीचको दोश्रो सेमीफाइनल खेल निरन्तर वर्षाका कारण सम्भव हुन नसकेपछी आयोजकले समूह बिजेता टिमलाई फाइनलका लागि छनौट गरेको हो ।  
    ८ टिम सहभागी प्रतियोगिताका टिमहरुलाई दुई समुहमा बिभाजन गरिएको थियो । समुह ’ए’ को विजेताको रुपमा ३ खेलमा ५ अंक सहित राजविराज राजदेवी रोयल्स सेमीफाइनल प्रवेश गरेको थियो ।  
    यस्तै समुह ’बि’ बाट ३ खेलमा ६ अंक सहित समुह विजेताको रुपमा तिरहुत टाइगर्स सेमीफाइनल प्रवेश गरेको थियो । 
    समुह ’ए’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुह उप–विजेताको रुपमा कन्चनरुप राइनोज तथा समुह ’बि’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुहको उप–विजेताको रुपमा खडक वारियर्स सेमीफाइनल प्रवेश गरेको हो । 
    सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
सप्तरीमा निषेधाज्ञा अन्त्यसँगै चहलपहल बढ्यो
सप्तरीमा निषेधाज्ञा अन्त्यसँगै चहलपहल बढ्यो
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन
अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित