पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत

राजविराज राजविराज
|
सोमबार, पौष १५, २०८१
|
|
८४ पटक हेरिएको
Shares
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत

सारांश

  •     मधेश प्रदेशको विभिन्न जिल्लामा ट्रफी परेड गर्दै सोमवार साँझ सप्तरी आइपुगेका जनकपुर बोल्टसका खेलाडीहरुलाई सप्तरी सदरमुकाम राजविराजमा भब्य स्वागत र सम्मान गरिएको हो ।
  • विजयोत्सव मनाउने क्रममा राजविराज आइपुगेको टोलीलाई नगरवासीले फुलमाला अबिर तथा विभिन्न उपहारबाट स्वागत तथा सम्मान गरेका छन् ।
  •       बिजेता टिमका खेलाडीलाई ट्रफीसहित नगरपरिक्रमा गराइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस । 

    काठमाडौमा सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणका विजेता जनकपुर बोल्टसका खेलाडीहरुलाई सप्तरीमा भब्य स्वागत र सम्मान गरिएको छ । 
    मधेश प्रदेशको विभिन्न जिल्लामा ट्रफी परेड गर्दै सोमवार साँझ सप्तरी आइपुगेका जनकपुर बोल्टसका खेलाडीहरुलाई सप्तरी सदरमुकाम राजविराजमा भब्य स्वागत र सम्मान गरिएको हो । विजयोत्सव मनाउने क्रममा राजविराज आइपुगेको टोलीलाई नगरवासीले फुलमाला अबिर तथा विभिन्न उपहारबाट स्वागत तथा सम्मान गरेका छन् । 
    बिजेता टिमका खेलाडीलाई ट्रफीसहित नगरपरिक्रमा गराइएको थियो । नगर परिक्रमा पश्चात राजरंगशालामा राजविराज नगरपालिकाद्वारा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख इसर परवीनले विजेता टीमका खेलाडीलाई फुलमाला अबिर र कदरपत्रबाट सम्मान गरे । 
    विजेता टोली आईपुग्दा साँझ परेकाले रंगशालामा आधा दर्जनभन्दा बढी भ्यापर लाईट प्रयोग गरिएको थियो भने उत्साहित युवाहरुले लगातार आतिशबाजी गरेका थिए । 
    विजेता टोलीसंगै आएका जनकपुृर बोल्टसका प्रबन्धक उत्सव वाग्ले, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य समेत रहेका क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले पहिलो आयोजनाको विजेता बन्न जनकपुर बोल्टस सफल भएको खुशियालीमा मधेश प्रदेशको ८ वटै जिल्लामा विजयोत्सव मनाउन थालिएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
आगलागिमा तीन लाख मुल्यको क्षति
आगलागिमा तीन लाख मुल्यको क्षति
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
जग्गा विवादमा परिवारै कुटिए
जग्गा विवादमा परिवारै कुटिए
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
सप्तरीमा ७० जनाले गरे आत्महत्या
सप्तरीमा ७० जनाले गरे आत्महत्या
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
सहकारीको भूमिकालाई अझ उकास्न आवश्यक
सहकारीको भूमिकालाई अझ उकास्न आवश्यक
स्थानिय सरकार परियोजना  व्यवस्थापन समितिको बैठक सम्पन्न
स्थानिय सरकार परियोजना  व्यवस्थापन समितिको बैठक सम्पन्न