लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग

राजविराज राजविराज
|
बुधबार, आषाढ ४, २०८२
|
|
७८ पटक हेरिएको
Shares
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग

सारांश

  •     त्यस भेगका जनताले बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई भेटेर एक ज्ञापन पत्र बुझाउँदै उक्त समस्या तत्काल समाधान नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन ।
  •       समाजसेवी एवं राजनीतिज्ञ विकास कुमार तिवारी, तिलेश्वर मण्डल, मनोज कुमार यादव, राम देव यादव, राजकिशोर साह, सूर्यनारायण साह लगायतको अगुवाईमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई बुझाएको ज्ञापन पत्रमा उक्त सडक र पुल निर्माणको ठेक्का लिएका एम.
  • एस शाह र दिवा जेभी सातदोवाटोका निर्माण कम्पनीले विगत चार वर्षदेखी निर्माण कार्य अलपत्र अवस्थामा छोडिदिदा लाखौं जनताको जनजीवन प्रभावित र कष्टकर बन्न पुगेको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ४ असार ।

    सप्तरीको भारदह–बथनाहा–मिलन चौक, डाढा–पकरी सडकखण्ड तथा राजविराज–कंचनपुर हुलाकी सडक अन्तर्गत अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीस्थित खोलामा पुल निर्माणको काममा संलग्न निर्माण कम्पनीको ढिलासुस्तीका कारण सास्ती भोग्नु परिरहेको भन्दै स्थानीय आक्रोशित भएका छन । 
    त्यस भेगका जनताले बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई भेटेर एक ज्ञापन पत्र बुझाउँदै उक्त समस्या तत्काल समाधान नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन । 
    समाजसेवी एवं राजनीतिज्ञ विकास कुमार तिवारी, तिलेश्वर मण्डल, मनोज कुमार यादव, राम देव यादव, राजकिशोर साह, सूर्यनारायण साह लगायतको अगुवाईमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई बुझाएको ज्ञापन पत्रमा उक्त सडक र पुल निर्माणको ठेक्का लिएका एम.एस शाह र दिवा जेभी सातदोवाटोका निर्माण कम्पनीले विगत चार वर्षदेखी निर्माण कार्य अलपत्र अवस्थामा छोडिदिदा लाखौं जनताको जनजीवन प्रभावित र कष्टकर बन्न पुगेको उल्लेख छ । 
    बि.स. २०७९ असार १९ गते भएको सम्झौता अनुसार २०८१ असार १८ गते भित्र उक्त सडक र पूलको निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेमा म्याद भन्दा एक वर्ष बढी हुन लाग्दा पनी निर्माण कम्पनीको लापरवाहीले दुबै संरचना अधुरो र अलपत्र अवस्थामा रहेको भन्दै त्यस भेगका जनता दुर्घट्नाको जोखिमसंगै विभिन्न खाले समस्या भोग्न बाध्य भएको जनाइएको छ ।
    उक्त सडक र पुल निर्माण भएपछि त्यस भेगका डिमन, डाढा, त्रिकौल, पिपराही, गोइठी, बलिया, बथनाहा, बनौली, पकरी, चिम्टी, महुली, जण्डौल, लोहजरा लगायतका गाउँका वासिन्दाका साथै फत्तेपुर र राजविराजका जनता समेत लाभान्वित हुने भएपनि ठेकेदारको लापरवाहीले सबैले पीडा भोग्नु परिरहेको ज्ञापनमा उल्लेख छ । त्यस भेगका जनताको एक मात्रै विकल्पका रुपमा रहेको सो सडक र पुल वर्षाेदेखी निर्माणाधीन अवस्थामा रहदा वर्षायाममा यस भेगका विरामीलाई अस्पताल पु¥याउन, विद्यार्थीलाई टाढाको विद्यालय पु¥याउन तथा अन्य आवश्यक कामकाजले सदरमुकाम राजविराज पुग्न निकै सास्ती भोग्नु पर्ने बाध्यता छ । 
    ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले उक्त सडक र पुल निर्माण कार्यको जिम्मा पाएका कम्पनीका प्रतिनिधी झिकाई समस्या समाधानका लागी पहल गर्ने प्रतिबद्धता जनाएको टोलीका अगुवाहरुले जनाएका छन ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ