दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
सप्तरी प्रहरीले जिल्लाको खडक नगरपालिका वडा नं. ८ भदिया सडक खण्डबाट भन्सार छलेर ल्याउँदै गरेको मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं. ५ रामनगर बस्ने ४० वर्षिय सम्पैत यादव र सोही स्थान बस्ने २२ वर्षिय श्रवण कुमार यादव सवार रहेको स.३प.४६१७ को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त सामानहरु बरामद गरिएको हो ।
प्रहरीले मोटरसाइकल चेकजाँच गर्दा ७५ हजार मुल्य पर्ने ४ सय ७० थान मोवाईल डाटा केवल बरामद गरेको जनाइएको छ ।
बरामद मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
सारांश
- जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं.
- ५ रामनगर बस्ने ४० वर्षिय सम्पैत यादव र सोही स्थान बस्ने २२ वर्षिय श्रवण कुमार यादव सवार रहेको स.
- ३प.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया