बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 

राजविराज राजविराज
|
आइतबार, मंसिर १८, २०७९
|
|
३३ पटक हेरिएको
Shares
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 

सारांश

  •     पत्रकार महासंघ सप्तरीको संस्थापक अध्यक्ष समेत रहेका ६८ वर्षिय बरिष्ठ पत्रकार भट्टराईलाई अन्तिम विदाई गर्न पत्रकारका साथै मधेश प्रदेशका मुख्यमन्त्रि, मन्त्रि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधीका साथै सयौं शुभेच्छुकको भिड लागेको थियो ।
  •       निवासस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्रि लालबाबु राउत, अर्थमन्त्रि शैलेन्द्र प्रसाद साह, जसपाका राजनीतिक समिती सदस्य अमरनाथ मण्डल, राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, पुर्वमत्रि उमेश यादव, रेणु यादव, जयप्रकाश प्रसाद गुप्ता, नगर प्रमुख भिमराज यादव (हाल निलम्बीत अवस्थामा रहेका), पुर्व नगर प्रमुखद्वय गोबिन्द सिंह, शैलेश चौधरी, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली, निर्वाचन आयोगका पूर्व प्रमुखआयुक्त डा.
  • अयोधीप्रसाद यादव, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष अरुण प्रधान लगायतले अन्तिम श्रद्धाञ्जली अपर्ण गरे ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।

    मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष एवं सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्राइको आइतबार अन्त्येष्टी गरिएको छ । राजविराज ७ निवासी भट्टराईको कोशी ब्यारेज घाटमा अन्त्येष्टी गरिएको हो । 
    पत्रकार महासंघ सप्तरीको संस्थापक अध्यक्ष समेत रहेका ६८ वर्षिय बरिष्ठ पत्रकार भट्टराईलाई अन्तिम विदाई गर्न पत्रकारका साथै मधेश प्रदेशका मुख्यमन्त्रि, मन्त्रि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधीका साथै सयौं शुभेच्छुकको भिड लागेको थियो । 
    निवासस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्रि लालबाबु राउत, अर्थमन्त्रि शैलेन्द्र प्रसाद साह, जसपाका राजनीतिक समिती सदस्य अमरनाथ मण्डल, राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, पुर्वमत्रि उमेश यादव, रेणु यादव, जयप्रकाश प्रसाद गुप्ता, नगर प्रमुख भिमराज यादव (हाल निलम्बीत अवस्थामा रहेका), पुर्व नगर प्रमुखद्वय गोबिन्द सिंह, शैलेश चौधरी, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली, निर्वाचन आयोगका पूर्व प्रमुखआयुक्त डा. अयोधीप्रसाद यादव, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष अरुण प्रधान लगायतले अन्तिम श्रद्धाञ्जली अपर्ण गरे । 
    सो अवसरमा मुृख्यमन्त्रि राउत, जसपा अध्यक्ष यादव तथा पुर्व मन्त्रि गुप्ताले भट्टराईको निधनले जिल्लालाई मात्र होइन मुलुकलाइ नै अपुर्णीय क्षती भएको बताए । 
    अन्तिम श्रद्धाञ्जलीका लागी भट्टराईको पार्थिव शरीर पत्रकार महासंघ शाखा सप्तरी परिसरमा समेत राखिएको थियो । त्यहा शाखाका अध्यक्ष श्रवण देव, उपाध्यक्ष बैजनाथ यादव, सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीन गुप्ता, पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, पुर्व केन्द्रिय सदस्य अवधेश झा, महासंघ सप्तरी शाखाका पुर्व सभापती, बैजनाथ झा, विष्णु मण्डल, धिरेन्द्र साह, मुरली प्रसाद यादव, जितेन्द्र खडगा लगायतले महासंघको झण्डा ओढाएर सम्मान गरे । 
    सम्मान पश्चात् निकालिएको शवयात्रामा जिल्लाका पत्रकार, राजनीतिक दलका नेतृत्व र सर्वसाधारणको उलेख्य सहभागीता रहेको थियो । 
    भट्टराईका जेष्ठ सुपुत्र राजिवले पार्थिव शरिरमा दागवत्ती दिएका थिए । भट्टराइको २ छोरा, १ छोरी र श्रीमती छन् । स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु सचिव, प्रेस काउन्सिल नेपालको सदस्य, पत्रकार महासंघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी समेत वहन गरिसकेका भट्टराईको निधनपछि पत्रकार महासंघ शाखा सप्तरीको बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै पत्रकारिता क्षेत्रलाई ठुलो क्षती पुगेको जनाएको छ । 
    बैठकले शोक मनाउन आईतबार देखी १३ दिन सम्म शोकका कार्यक्रक्रम बाहेक अन्य औपचारीक कार्यक्रम नगर्ने निर्णय समेत गरेको पत्रकार महासंघ शाखा सप्तरीले जनाएको छ ।   
    पत्रकार महासंघ सर्लाही शाखाको ११ आंैं साधारण सभामा विशिष्ट अतिथीको रुपमा पुगेका भट्टराईको शनिवार विहान उनी वास वसेको लालबन्दी नगरपालिका १३ पथ्थरकोटस्थित होलिडे रिसोटमा निधन भएको थियो । 
    शुक्रबार बेलुकाको खाना खाएर सुतेका उनी शनिवार विहान ओच्छ्यान मै मृत अवस्थामा फेला परेका थिए । उच्च रक्तचाप, हृदयरोग तथा मधुमेहबाट पीडित उनको हृदयघातबाट निधन भएको अनुमान गरिएको छ । 
    शनिबार राती नै मलंगवा अस्पतालमा पोस्टमार्टम सकिएपछि घर ल्याइ आईतबार बिहान उनको पार्थिव शरीर निवास स्थलमा एक घण्टा श्रद्धाञ्जलीका लागी राखिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
लहानलाई हराउँदै सर्लाही ११ फाईनलमा 
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा