पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 

राजविराज राजविराज
|
मंगलबार, माघ १४, २०७६
|
|
१८ पटक हेरिएको
Shares
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 

सारांश

  •     शक्ती प्रर्दशनसहित विशाल आमसभाको तयारी बारे मंगलबार राजविराजस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
  •       जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.
  • सिके राउतको गृह जिल्ला समेत रहेको सप्तरीमा ठुलो संख्यामा जनता आउने दावी गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
    सरकारसँग ११ बुँदे सहमति गरेर झण्डै एघार महिनापछि पहिलो पटक आफ्नो गृह जिल्ला सप्तरीमा जनमत पार्टीले माघ १८ गते शक्ती प्रर्दशनसहित विशाल आमसभा गर्ने तयारी गरेको छ ।     स्वतन्त्र मधेश गठबन्धन मार्फत निर्वाचन वहिष्कार र अलग देशको माग गर्दै आएका सिके राउतले सरकारसँग गत २४ फागुणमा ११ बुंदे सहमती गरेपछि पहिलो पटक गृहजिल्लामा आमसभा गर्न लागेका हो । 
    शक्ती प्रर्दशनसहित विशाल आमसभाको तयारी बारे मंगलबार राजविराजस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । 
    जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतको गृह जिल्ला समेत रहेको सप्तरीमा ठुलो संख्यामा जनता आउने दावी गरिएको छ ।
    पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेतृत्व मण्डलका सदस्य एवं पुर्व मन्त्री अनिस अन्सारीले शक्ती प्रर्दशन र आमसभामा ५० हजार भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सहभागी हुने दावी समेत गरे । 
    उनले आमसभा सफल बनाउन गाउँ गाउँमा प्रचार प्रसार र जिल्लाका १८ वटै स्थानीय तहमा गठित समितीले काम गरिरहेको बताए । उनले आससभा सफल बनाउन गाउँ गाउँमा मोटरसाईकल ¥याली मार्फत समेत प्रचारात्मक अभियान चलाइएको जानकारी दिए । 
    पार्टीका जिल्ला संयोजक चन्देश्वर मण्डल “किसान” ले आमसभामा सहभागी हुन हजारौ जनता आउने भएकोले आमसभा स्थल राजविराजस्थित राजरंगशालाको खेल मैदानमा तोकिएको जानकारी दिए ।
    आमसभालाई डा.राउतका साथै पार्टीका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने र अन्य सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवजात शिशुको शव फेला
नवजात शिशुको शव फेला
सगरमाथा साझा यातायातमा शम्भु
सगरमाथा साझा यातायातमा शम्भु
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
प्रदर्शनमा उत्रेका एक दजर्नबढी विद्यार्थी पक्राउ
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
सप्तरीका भोगेन्द्र साहले सगरमाथा आधार शिविरमा पाइला टेके
सप्तरीका भोगेन्द्र साहले सगरमाथा आधार शिविरमा पाइला टेके
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी