प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा

राजविराज राजविराज
|
मंगलबार, आश्विन २३, २०८०
|
|
१९ पटक हेरिएको
Shares
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा

सारांश

  •     स्थानीय तह अन्तरगत राजविराज नगरपालिका कर्मचारी इकाई समितिको नेतृत्वमा कार्यालय परिसरमा कर्मचारीहरु धर्नामा बसेका हुन् ।
  • त्यस्तै रुपनी गाउँपालिकाका कर्मचारीहरु पनि संघर्षमा उत्रिएका छन् ।
  •       स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था, निजामति परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, बिना सहमति ७५३ वटै स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गर्नुपर्ने, समायोजनका कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने लगायतका माग अघि सार्दै संघर्षमा उत्रनु परेको राजविराज नगरपालिका कर्मचारी इकाई समितिका अध्यक्ष कल्पना देवले जानकारी दिइन् ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज । 

    संघिय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामति सेवा ऐन जारि गरिनु पर्नेलगायतका माग अघि सार्दै स्थानीय तहका कर्मचारीहरु मंगलबारदेखी धर्नामा बसेका छन् । 
    स्थानीय तह अन्तरगत राजविराज नगरपालिका कर्मचारी इकाई समितिको नेतृत्वमा कार्यालय परिसरमा कर्मचारीहरु धर्नामा बसेका हुन् । त्यस्तै रुपनी गाउँपालिकाका कर्मचारीहरु पनि संघर्षमा उत्रिएका छन् । 
    स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था, निजामति परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, बिना सहमति ७५३ वटै स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गर्नुपर्ने, समायोजनका कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने लगायतका माग अघि सार्दै संघर्षमा उत्रनु परेको राजविराज नगरपालिका कर्मचारी इकाई समितिका अध्यक्ष कल्पना देवले जानकारी दिइन् ।  
    त्यस्तै तीनै तहका कर्मचारीहरुको समान बृद्धि विकासको व्यवस्था, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याण कोष अनिवार्य व्यवस्था, निजामति अस्पतालबाट प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनुपर्ने, जुनसुकै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधी जोड्ने वयवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई टे«ड युनियनका अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको लागि तिनै तहको विज्ञापनमा उमेर हद लागु नर्गे, समपूर्ण स्थायी कर्मचारीलाई पेन्सनको व्यवस्था र विविध सेवालाई प्रशासन सेवामा गाभ्नु पर्ने मागहरु अघि सार्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम