दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी पीडितका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार सो गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश नं. २ मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी एक लाख रुपैयाँको चेक बुझाएका हुन ।
चेक बुझ्दै प्रजिअ पाण्डेले तत्कालै सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिए । यसअघि गाउँपालिका बसेको बैठकले हुरीका कारण घरवारविहिन बनेका बारा र पर्साको पीडित जनताको सहयोगका लागि तत्कालीन राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री राहत कोष मार्फत पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय अनुसार तत्काल एक लाख रुपैयाँ पठाइएको र अन्य विभिन्न खाले सहयोग जारी राख्ने गाउँपालिका प्रमुख सिंहले बताए ।
गत आईतवार आएको हावाहुरीका कारण बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी गाउँपालिकाद्वारा एक लाख सहयोग
सारांश
- जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार सो गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश नं.
- २ मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी एक लाख रुपैयाँको चेक बुझाएका हुन ।
- चेक बुझ्दै प्रजिअ पाण्डेले तत्कालै सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया