दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
भूमी आयोगका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधीसहित सरोकारबालाबीच सोमबार भएको सहमतिमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सुकुम्बासीलाई ऐलानी जग्गा हेरेर बितरण गरिने भएको छ ।
दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्न, अव्यवस्थित वस्ती लगायतका भूमिहिनले बसोबास गर्दै आएको ऐलानी जग्गाहरुको आधारमा लालपूर्जा उपलब्ध गराइने छ ।
‘धेरै ठाउँमा दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्नहरुले ऐलानी जग्गामा घर बनाएका छन्’ गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘विस्तृत छानबन गरी यस्ता व्यक्तिलाई जग्गाको लालपूर्जा उपलब्ध गराइनेछ ।’
भूमी आयोगका अध्यक्ष केशव निरौला, जिल्ला भूमी आयोगका अध्यक्ष हरेराम यादव, पालिकाका प्रमुख चौधरी, नापी कार्यालय, सप्तरीका प्रमुखसहित सरोकारबालाबीच यस्तो समझदारी भएको छ । पालिका प्रमुख र आयोगका पदाधिकारीबीच यस्तो सम्झौता भएको अध्यक्ष चौधरीले जानकारी दिए ।
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
सारांश
- दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्न, अव्यवस्थित वस्ती लगायतका भूमिहिनले बसोबास गर्दै आएको ऐलानी जग्गाहरुको आधारमा लालपूर्जा उपलब्ध गराइने छ ।
- ‘धेरै ठाउँमा दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्नहरुले ऐलानी जग्गामा घर बनाएका छन्’ गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘विस्तृत छानबन गरी यस्ता व्यक्तिलाई जग्गाको लालपूर्जा उपलब्ध गराइनेछ ।
- ’ भूमी आयोगका अध्यक्ष केशव निरौला, जिल्ला भूमी आयोगका अध्यक्ष हरेराम यादव, पालिकाका प्रमुख चौधरी, नापी कार्यालय, सप्तरीका प्रमुखसहित सरोकारबालाबीच यस्तो समझदारी भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया