दैनिक समाचारदाता
राजविराज, १ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा खाँडो नदी नियन्त्रणको दिर्घकालिन समाधान हुन नसक्दा वर्षेनी डुवानमा परिरहेको भन्दै आन्दोलित भएका छन् ।
राजविराजस्थित खाँडो नदी व्यवस्थापन आयोजना कार्यालयमा सोमबार उनीहरु नाराबाजी गर्दै अविलम्ब उक्त समस्याको समाधान गर्नुपर्ने माँग सहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
गाउँपालिका प्रमुख सतिश सिंहको अगुवाईमा तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही टोलका बासिन्दाद्वारा गठित खाँडो पीडित संघर्ष समितिले आयोजनाको प्रमुख रेवाकान्त यादवलाई ध्यानाकर्षण समेत बुझाएका छन् ।
बुझाइएको ध्यानाकर्षण पत्रमा ७ दिन भित्र खाँडो नदी नियन्त्रणको काम अघि नबढाइए कार्यालय घेराउ, कामकाज ठप्प र अनशनसम्म बस्ने चेतावनी दिइएका छन् ।
वर्षायाम नजिकिदा पनि खाँडोको निकासको समस्या समाधान हुन नसक्दा वर्षेनी हुने धनजनको क्षति यसपल्ट पनि दोहरिने चिन्ताले स्थानियवासी चिन्तित र आन्दोलित भएको गाउँपालिका अध्यक्ष सिंहको भनाई छ ।
ध्यानाकर्षण पत्र बुझ्दै आयोजना प्रमुख यादवले बजेटको अभावमा खाँडो नदी नियन्त्रणको काम रोकिएको जनाउँदै तत्कालै संघर्ष समितिले बुभाएको ध्यानाकर्षण पत्र सम्बन्धीत निकायमा पठाई आवश्यक गर्ने प्रतिबद्धता जनाएका थिए ।
वर्षेनी डुवानमा परिरहेको भन्दै खाँडो पीडित आन्दोलित
सारांश
- राजविराजस्थित खाँडो नदी व्यवस्थापन आयोजना कार्यालयमा सोमबार उनीहरु नाराबाजी गर्दै अविलम्ब उक्त समस्याको समाधान गर्नुपर्ने माँग सहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
- गाउँपालिका प्रमुख सतिश सिंहको अगुवाईमा तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही टोलका बासिन्दाद्वारा गठित खाँडो पीडित संघर्ष समितिले आयोजनाको प्रमुख रेवाकान्त यादवलाई ध्यानाकर्षण समेत बुझाएका छन् ।
- बुझाइएको ध्यानाकर्षण पत्रमा ७ दिन भित्र खाँडो नदी नियन्त्रणको काम अघि नबढाइए कार्यालय घेराउ, कामकाज ठप्प र अनशनसम्म बस्ने चेतावनी दिइएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया