फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह

राजविराज राजविराज
|
सोमबार, चैत्र २, २०८२
|
|
६७ पटक हेरिएको
Shares
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह

सारांश

  •     प्रहरी उपरीक्षक गौतम कुमार केसीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
  •     कार्यक्रममा उनले कार्य सम्पादन मुल्याँकनको आधारमा मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय सप्तरी पहिलो भएको बताए ।
  • माघ महिनाको मुल्यांकनमा प्रदेशको ८ वटै जिल्लामा सप्तरी पहिलो र ७७ वटै जिल्लामा ५औं स्थान प्राप्त गरेको उनले जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, २ चैत । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीले चालु. आ.ब. २०८२÷८३ को फागुन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । 
    प्रहरी उपरीक्षक गौतम कुमार केसीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
    कार्यक्रममा उनले कार्य सम्पादन मुल्याँकनको आधारमा मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय सप्तरी पहिलो भएको बताए । माघ महिनाको मुल्यांकनमा प्रदेशको ८ वटै जिल्लामा सप्तरी पहिलो र ७७ वटै जिल्लामा ५औं स्थान प्राप्त गरेको उनले जानकारी समेत दिए । 
    जिल्ला प्रहरीको टोल फ्री नम्बर र १०० नम्बरमा फोन कम आउने गरेको र प्रहरीका उच्च अधिकारीको नम्बरमा बढी फोन आउने गरेको बताउदै उनले आम नागरिकलाई टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न समेत आग्रह गरे ।
    पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रगति विवरणमा फागुन महिनामा विभिन्न अपराधका ६८, जघन्य तथा गम्भिर अपराधका ७, फैसला कार्यान्वयनको क्रममा ३४ जनालाई पक्राउ गरिएको, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक तर्फको उजुरी संख्या ५०, हराएका २० जना मध्ये ७ जनालाई फेला परेको, ठाढो उजुरी २०९ वटा आएको मध्ये १८८ फछ्योट भएको, लागुऔषध तर्फ गाँजा ६१ किलो ७७ ग्राम र ब्राउन सुगर ४६० मिलिग्राम नियन्त्रणमा लिएको उल्लेख छ ।
    यस्तै अनुचित लेनदेनमा ४१ लाख ४० हजार रुपैयाँ र ५ कठ्ठा ४ धुर जग्गा र १८ लाखको तमसुस समेत फिर्ता गराएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । उनले राजस्व चुहाबट तथा भन्सार छली नियन्त्रण तर्फ ६ लाख ४८ हजार एकसय ५० रुपैयाँ बराबरको मालसमान बरामद गरि भन्सार बुझाइएको बताए । 
    आगलागी र जनावरको आक्रमणबाट ८८ लाख ८१ हजारको क्षति भएको प्रहरी उपरीक्षक केसीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा सप्तरी प्रहरीले ७०२ जना लाभान्वित हुने गरि विभिन्न सचेतनामुलक कार्यक्रम समेत गरेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
आगलागीमा पाँच वर्षिय बालकको जलेर मृत्यु
आगलागीमा पाँच वर्षिय बालकको जलेर मृत्यु
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य