२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न

राजविराज राजविराज
|
सोमबार, कार्तिक ५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न

सारांश

  • बि.
  • स.
  • २०५० सालमा पविमाविबाट एसएलसी दिएको २५ वर्ष पुरा भएको अवसरमा पूर्व विद्यार्थीहरु भेला भई उक्त शुभकामना आदान प्रदान गरेका हुन् ।

दैनिक समाचारदाता

राजविराज, ४ कात्तिक । 

राजविराजस्थित पविमाविका पूर्व विद्यार्थीहरुले आइतबार राजविराजमा मित्रमिलन समारोहमार्फत दशैं, शुभदिपावली एवं छठ पर्वको शुभकामना साटासाट गरेका छन् ।

बि.स. २०५० सालमा पविमाविबाट एसएलसी दिएको २५ वर्ष पुरा भएको अवसरमा पूर्व विद्यार्थीहरु भेला भई उक्त शुभकामना आदान प्रदान गरेका हुन् । 

२५ वर्षपछि साथीहरु एकै ठाउँमा पुनः भेला भएकोमा विद्यार्थीकालकै सम्झना स्मरण भएको समारोहको आयोजना गर्न अहम भूमिका निर्वाह गरेका दिलेन्द्र देवले बताए । 

एसएलसी दिएको २५ वर्ष पुरा भएको र सो समयको साथीभाईसँग पुनः मिलन भएकोमा आफू निकै नै हर्षित भएको प्राध्यापक सन्तोष कुमार चमनले सुनाए । 

२०५० मा एसएलसी दिएर उच्च शिक्षा हासिल गरि हाल काठमाडौंमा वकालत पेशालाई अंगालेका अधिवक्ता दिपनारायण साहले जिवनको विगतका समयलाई भेलाले पुनः ताजा गराएकोमा खुशी व्यक्त गरे । 

यस्तै महिला अधिकारकर्मी रिता साहले विगत लामो समयदेखी २०५० सालमा एसएलसी दिएका मित्रहरुसँग पुनः मिलन हुने अवसर प्रदान गराएकोमा समारोह आयोजनकर्ताहरुलाई धन्यावाद दिइन् ।  

सो भेलामा २०५० मा एसएलसी दिएका पुण्यप्रसाद यादव, गेनालाल यादव, केदार यादव, रामनाथ यादव, कृष्णानन्द मिश्र, नवीनकुमार गुप्ता, प्रविण कुमार प्रभात, सन्तोष कुमार देव, सन्तोष कुमार दास, राजेश कुमार दास, कमल कुमारी यादव, गजेन्द्र कुमार मण्डल, इन्द्रसागर गुप्ता, अर्चना झा, संजय यादव, बिरेन्द्र साह, देवनाथ यादवको सहभागिता रहेको थियो ।

यता भेलामा सहभागि हुन नसकेका समाजसेवी नेता नवनित झाले यस्ता कार्यक्रमलाई भविष्यमा निरन्तरता दिनु पर्ने सुझावसहित कार्यक्रम सफल भएकोमा सम्पूर्ण साथीभाईलाई धन्यवाद एवं शुभकामना व्यक्त गरे ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित 
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित 
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते