दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
अदालतबाट कैद सजाय तोकिएर फरार रहेका मध्ये एक प्रतिवादीलाई प्रहरीले बीस वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको साबिक मानराजा गाबिस ७ हाल बोदेबरसाईन नगरपालिका ७ निवासी दानालाल यादव छन् ।
बि.स. २०६२ सालमा स्थानिय गंगाराम कापैरलाई मारेको कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ बैशाख २२ गते सचिव कुमार सदा, बिजय कुमार यादव र दानालाल यादवलाई जन्म कैद (बिस बर्ष) कैदको फैसला सुनाएको थियो ।
यादवलाई सोमबार गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका यादवलाई मंगलबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ज्यान मुद्दाका फरार प्रतिवादी बिस वर्षपछि पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको साबिक मानराजा गाबिस ७ हाल बोदेबरसाईन नगरपालिका ७ निवासी दानालाल यादव छन् ।
- बि.
- स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया