दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
आइतबार राती आएको आएको हावाहुरीका कारण सप्तरीको विभिन्न स्थानमा दर्जनौं फुस तथा टिनको छाना भएको घरमा क्षति पु¥याएको छ ।
हावाहुरीले तिलाठी कोईलाडी गाउँपालिकास्थित तोपा, मंसापुर, सडेपार र मधेपुराको विभिन्न बस्तीका ४५ वटा घरमा क्षति पु¥याएको गाउपालिका अध्यक्ष सतिशकुमार सिँहले जानकारी दिएका छन् ।
हावाहुरीले मंसापुरका हरि ठाकुर, रामचन्द्र राम, रामचन्द्र राय, तोपाका गजेन्द्र साह र लक्ष्मी साह, सहितका सयौ फुसको घरमा क्षति पुगेको छ । हुरीसँगै आएको पानी, असिनाले हरि ठाकुरको घरमा रहेका ५ लाख भन्दा बढीको खाद्यान्न समाग्री नष्ट भएको पीडितले बताएका छन् ।
त्यस्तै तिलाठी कोईलाडीको मंसापुर र सडेपारमा हुरी र पानीले दुई कुखुरा फर्मको ८ लाख बरावरको पुर्ण रूपमा क्षति पु¥याएको फर्मका संचालक रमेश सिह र प्रेम राउत जानकारी दिए ।
यस्तै हावाहुरीका कारण सो क्षेत्रका ५० वटा बिजुलीका पोलहरु समेत ढलेको छ भने कुनै मानविय क्षति नभएको गाँउपालिका अध्यक्ष सिहले जानकारी दिए । यता पीडित परिवारका लागी गाउँपालिकाले आबश्यक सहयोगको लागि पहल गरिरहेको उनले बताए ।
हावाहुरी पीडितहरुका लागि बिपद ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग समन्वय गरिरहेको उनको भनाई छ ।
यस्तै हनुमानगर कंकालनी नगरनगरपालिको विभिन्न ठाँउमा पनि हावाहुरीले फुसको एक दर्जना भन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ ।
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
सारांश
- हावाहुरीले तिलाठी कोईलाडी गाउँपालिकास्थित तोपा, मंसापुर, सडेपार र मधेपुराको विभिन्न बस्तीका ४५ वटा घरमा क्षति पु¥याएको गाउपालिका अध्यक्ष सतिशकुमार सिँहले जानकारी दिएका छन् ।
- हावाहुरीले मंसापुरका हरि ठाकुर, रामचन्द्र राम, रामचन्द्र राय, तोपाका गजेन्द्र साह र लक्ष्मी साह, सहितका सयौ फुसको घरमा क्षति पुगेको छ ।
- हुरीसँगै आएको पानी, असिनाले हरि ठाकुरको घरमा रहेका ५ लाख भन्दा बढीको खाद्यान्न समाग्री नष्ट भएको पीडितले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया