मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
४४ पटक हेरिएको
Shares
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 

सारांश

  • दैनिक समाचारदाता राजविराज, २९ भदौ ।
  •     भूमिसुधार तथा मालपोत कार्यालय राजविराजमा सेवाग्राहीलाई काम गराउन निकै कठिनाई भइरहेको भन्दै नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन मालपोत इकाई समिति राजविराजले शुक्रबार बिरोध गरेको छ ।
  •       लेखापढी एशोसिएशनका अध्यक्ष श्रीलाल यादवले मालपोतका कर्मचारीहरुले घुस बिना आफूहरुले पेश गर्ने कुनै फायलमा अघि बढाउन नमानेको आरोप लगाएका छन् ।

काम गर्न निकै कठिनाई भइरहेको छ ः लेखापढी एशोसिएशन 
रकम नलिई लेखनदास र कर्मचारीले कुनै फायल अगाडी बढाउँदैन ः सेवाग्राही
लेखापढीका कारण सेवाग्राहीले दुःख पाइरहेका छन् ः कार्यालय प्रमुख
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।

    भूमिसुधार तथा मालपोत कार्यालय राजविराजमा सेवाग्राहीलाई काम गराउन निकै कठिनाई भइरहेको भन्दै नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन मालपोत इकाई समिति राजविराजले शुक्रबार बिरोध गरेको छ । 
    लेखापढी एशोसिएशनका अध्यक्ष श्रीलाल यादवले मालपोतका कर्मचारीहरुले घुस बिना आफूहरुले पेश गर्ने कुनै फायलमा अघि बढाउन नमानेको आरोप लगाएका छन् । 
    बिना रकम आफूहरुको एउटा पनि फायल अगाडी नबढ्ने तर, बाहिरी व्यक्तिहरुको काम कुनै बाधा अड्चन बिना नै काम हुने गरेको उनको आरोप छ ।  
    यस्तै लेखापढी एशोसिएशनका सचिव बद्रिनारायण यादवले एउटा फायल वापत ५ सय देखी १० हजारसम्म कर्मचारीहरुले लिने गरेको आरोप लगाए । उनले सो कार्यमा कार्यालय सहयोगीदेखी गार्डसम्मलाई प्रयोग गरिने गरेको आरोप पनि लगाए । 
    कार्यलय प्रमुख आफ्नो कार्यकक्षमा नबसि अर्कै कोठामा गोप्य रुपले कामकाज गर्ने गरेको भन्दै सोही कोठामा अन्य व्यक्तिहरुले दिएको फायल मात्र हेर्ने गरेको उनको आरोप छ ।     सोही बिरोध कार्यक्रममा एक सेवाग्राहीले आफूहरुलाई लेखनदासहरुले पनि निकै दुःख दिने गरेको बताए । लेखनदासहरु पनि रकम नलिई फायल अगाडी बढाउन नमानेको र फायल अगाडी बढेपनि कर्मचारीहरुले पनि कुनै न कुनै बहानामा फायल अपुग भएको भन्दै ठार्ने गरेको गुनासो पोखे ।  
    अर्का एक सेवाग्राही सुरेश प्रसाद यादवले पैसा नदिएमा कार्यालय भित्र समेत जान नदिने तर पैसा दिए कसैले रोकटोक नगर्ने बताए । उनले फायल फायल हेरीहेरी ५ सय देखी एक हजारसम्म लिने गरेको दुखेसो पोखे । 
    यसैबीच मालपोतका प्रमुख शिवशरण पण्डितले लेखापढीहरुकै कारण कार्यालयमा रकमको चलखेल बढेको दाबी गर्दै उनीहरुकै कारण सेवाग्राही समेतले दुःख पाइरहेको आरोप लगाए । उनले नेपाल सरकारले लेखापढी ब्यवसायीहरुलाई मालापोत कार्यालय भित्र प्रवेश नगराउन परिपत्र पठाएपनि राजविराज त्यस अनुसार नभएको बताउँदै प्रमुख पण्डितले आफू हालसालै कार्यालय प्रमुख भएर आएकोमा सरकारद्वारा जारि परिपत्रलाई कार्यान्वयन गराउनेतर्फ लागिपरेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेता मण्डलले छाडे लोसपा
नेता मण्डलले छाडे लोसपा
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
पत्रकार मेहताको निधनले महासंघ स्तब्ध
पत्रकार मेहताको निधनले महासंघ स्तब्ध
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
बरहीबिरपुरलाई मिथिला कपको उपाधी 
बरहीबिरपुरलाई मिथिला कपको उपाधी 
एक सय ५२ छात्रालाई साइकल बितरण
एक सय ५२ छात्रालाई साइकल बितरण

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?