भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप

राजविराज राजविराज
|
बुधबार, आश्विन ५, २०७९
|
|
६७ पटक हेरिएको
Shares
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप

सारांश

  •     राजविराज ७ की ४३ वर्षिया व्यवसायी सोनी खातुनले पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेकी हुन् ।
  •       उनी राजविराजमा फुटफाटमा कपडा पसल संचालन गर्दै आएकी छिन् ।
  • आफु सीमावर्ती भारतीय बजार कुनौलीबाट कपडा खरीद गरि ल्याएको कपडाको भन्सार काटिसक्दा पनि पटक÷पटक त्यस क्षेत्रमा खटिएका घुमुवा प्रहरी जवान भाग्य नारायण साहले खोस्ने गरेको उनले रुदै सुनाईन ।

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 

    भन्सार कटाउँदा पनि प्रहरीले सामान खोसेर दुःख दिने गरेको एक महिलाले पत्रकार सम्मेलन मार्फत गुनासो गरेकी छिन् । 
    राजविराज ७ की ४३ वर्षिया व्यवसायी सोनी खातुनले पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेकी हुन् । 
    उनी राजविराजमा फुटफाटमा कपडा पसल संचालन गर्दै आएकी छिन् । आफु सीमावर्ती भारतीय बजार कुनौलीबाट कपडा खरीद गरि ल्याएको कपडाको भन्सार काटिसक्दा पनि पटक÷पटक त्यस क्षेत्रमा खटिएका घुमुवा प्रहरी जवान भाग्य नारायण साहले खोस्ने गरेको उनले रुदै सुनाईन । 
    भन्सार काटीसकेको पुर्जा देखाउँदै उनले भनिन, “पुर्जा देखाउदा पनि घुमुवा प्रहरीले समान खोसेर लैजाने गरेका छन ।” 
    घुमुवा प्रहरी साहले आफुलाई भन्सार नकाट बरु महिनावारी मिलाउ सहज र सस्तो हुने प्रलोभन दिने गरेको र नमान्दा अनावश्यक दुःख दिन थालेको उनको गुनासो छ । 
    पछिल्लो पटक भारतीय बजार कुनौलीबाट १ लाख भन्दा बढीको साडी ल्याएर भन्सार कार्यालयको गेट मै पुगी भन्सार काट्न तयार पारेको अवस्थामा ती साडी घुमुवा प्रहरी साहले खोसेर लगेको उनले सुनाईन ।  
    यता प्रहरी जवान साहले आफू ती महिलासँग चिनजान नभएको तर, भन्सार छलेर ल्याएको साडी जफत गरेको स्वीकार गरेका छन् । उनले आफूलाई नियतपूर्ण तरिकाले महिलाले बदनाम गर्न खोजेको स्पष्ट पार्दै कर छलेको सामानहरु जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिए । 
    यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले घटना बारे अनुसन्धान गरिरहेको र सत्यतथ्य बुझेर दोषिमाथी कारवाही गर्ने प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
मुख्य बजारमै छैन सार्वजनिक शौचालय
मुख्य बजारमै छैन सार्वजनिक शौचालय
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
फरार ४२ जना कैदीबन्दी पक्राउ
फरार ४२ जना कैदीबन्दी पक्राउ
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग