दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
कारागार कार्यालय सप्तरीबाट बुधबार फरार भएका कैदीबन्दीहरु मध्येबाट ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालय सप्तरीमा रहेका ३ सय ९७ जना कैदी मध्ये २ सय ५ जना फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले पक्राउ पर्ने क्रममा ५ जना झुम्का कारागारबाट फरार कैदीलाई पनि पक्राउ गरिएको जानकारी दिएका छन् ।
राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेको कारागार कार्यालय सप्तरीबाट फरार अझै १ सय ६८ कैदीको खोजी कार्य भईरहेको उनको भनाई छ ।
उनले भारतको विहार राज्यसंग जोडिएको कुनौली तथा सखडा बोर्डर बन्द गरी खोजी कार्यलाई तिब्र बनाईएको र सर्च अप्रेसन जारी रहेको जानकारी समेत दिए ।
बुधबार कारागार भित्र कपडा तथा दाउराहरूमा आगजनी गरी हो–हल्ला गरेपछी प्रहरीले के भएको भन्ने बारे जाने क्रममा कैदीहरु मेन गेटबाटै प्रहरीलाई झुक्याएर फरार भएका थिए ।
कारागारमा आगलागीबाट पहिलो तल्लाको १ कोठा भवनमा क्षति, १० थान टिभि, लत्ताकपडा, पानी तान्ने मोटर एक थान, सिलिङ पङखा १३ थानलगायत नष्ट भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिई ५२ राउण्ड फायर समेत गरेको थियो ।
फरार ४२ जना कैदीबन्दी पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले पक्राउ पर्ने क्रममा ५ जना झुम्का कारागारबाट फरार कैदीलाई पनि पक्राउ गरिएको जानकारी दिएका छन् ।
- राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेको कारागार कार्यालय सप्तरीबाट फरार अझै १ सय ६८ कैदीको खोजी कार्य भईरहेको उनको भनाई छ ।
- उनले भारतको विहार राज्यसंग जोडिएको कुनौली तथा सखडा बोर्डर बन्द गरी खोजी कार्यलाई तिब्र बनाईएको र सर्च अप्रेसन जारी रहेको जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया