सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो

राजविराज राजविराज
|
बुधबार, मंसिर १४, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो

सारांश

  •     बुधवार घोषित अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीले जिल्लाको ४ वटै प्रतिनिधीसभामा ८५ हजार ५ सय ९२ मत तथा ८ वटै प्रदेशसभातर्फ ८६ हजार ७ सय ७ मत प्राप्त गरि समानुपातिकतर्फको पहिलो ठुलो दल बनेको हो ।
  •       यस्तै प्रतिनिधिसभातर्फ ४८ हजार ३ सय ५० मत प्राप्त गरी जसपा दोश्रो तथा ४१ हजार १ सय ८७ मत प्राप्त गरी नेपाली काँग्रेस तेश्रो दल भएको छ भने नेकपा एमाले २८ हजार २ सय १८ मत ल्याई चौथो स्थानमा रहेका छन् ।
  •       जनमत पार्टीले प्रतिनीधीसभा समानुपातिकतर्फ सब भन्दा बढी क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 

    सप्तरीमा जनमत पार्टी प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा समानुपातिकतर्फ पहिलो ठुलो दल बनेको छ । मधेश प्रदेशमा नयाँ शक्तिको रुपमा उदाएको जनमतले दुबै सभामा ८५ हजार भन्दा बढी मत पाएको छ । 
    बुधवार घोषित अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीले जिल्लाको ४ वटै प्रतिनिधीसभामा ८५ हजार ५ सय ९२ मत तथा ८ वटै प्रदेशसभातर्फ ८६ हजार ७ सय ७ मत प्राप्त गरि समानुपातिकतर्फको पहिलो ठुलो दल बनेको हो । 
    यस्तै प्रतिनिधिसभातर्फ ४८ हजार ३ सय ५० मत प्राप्त गरी जसपा दोश्रो तथा ४१ हजार १ सय ८७ मत प्राप्त गरी नेपाली काँग्रेस तेश्रो दल भएको छ भने नेकपा एमाले २८ हजार २ सय १८ मत ल्याई चौथो स्थानमा रहेका छन् । 
    जनमत पार्टीले प्रतिनीधीसभा समानुपातिकतर्फ सब भन्दा बढी क्षेत्र नं. २ बाट मत प्राप्त गरेको छ । पार्टी अध्यक्ष समेत रहेका जनमतका उम्मेदवार डा.सिके राउतले जित निकालेको यस क्षेत्रबाट सो पार्टीले समानुपातिक तर्फ २९ हजार ८ सय २ मत ल्याएका छन् । 
    यस्तै प्रदेशसभातर्फ पनि समानुपातिकमा ८६ हजार ७ सय ७ मत ल्याई जनमत पार्टी पहिलो ठुलो दल बनेको छ । प्रदेशसभा समानुपातिकतर्फ जसपाले ४८ हजार २ सय ५ तथा नेपाली काँग्रेसले ३८ हजार ६ सय ६४ मत प्राप्त गरि क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेको छ । यस्तै २५ हजार १ सय ८७ मत ल्याई एमाले चौथो स्थानमा रहेको छ । 
    सप्तरीमा कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेकोमा २ लाख ७९ हजार १ सय २१ मत खसेको थियो । जस मध्ये १७ हजार २२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?